Nepal Life

नेपाल सोलार फार्मले आइपिओ निष्काशन गर्न धितोपत्र बोर्डमा दियो निवेदन, १९ लाख २८ हजार कित्ता जारी गर्ने

NMB Bank
  • BFIS News
  • 2025 May 05 11:33
नेपाल सोलार फार्मले आइपिओ निष्काशन गर्न धितोपत्र बोर्डमा दियो निवेदन, १९ लाख २८ हजार कित्ता जारी गर्ने
United Ajod

काठमाडौं, बैशाख २२ ।  नेपाल सोलार फार्म लिमिटेडले आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले यहि बैशाख ७ गते कुल १९,२८,५७२ कित्ता साधारण सेयर जारी गर्ने प्रस्ताव बोर्डमा पेश गरेको हो। नेपाल सोलार फार्मले आइपिओबाट १९ करोड २८ लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ।

Shikhar
Nepal Life
NIMB

सार्वजनिक निष्कासनको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले कम्पनीलाई [ICRANP-IR] B (उच्चारण: आइसीआरए एनपी इशुअर रेटिङ बी) इशुअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ अनुसार कम्पनीले आफ्नो वित्तीय दायित्व समयमा पूरा गर्न सकेमा मध्यम किसिमको जोखिम रहेको संकेत गर्दछ।

नेपाल सोलार फार्म लिमिटेड सन् २०१७ सेप्टेम्बर १८ मा प्राइभेट लिमिटेड कम्पनीका रूपमा दर्ता भएको थियो। पछि सन् २०२३ मे १० मा यसलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको थियो।

कम्पनीले गण्डकी प्रदेशको कास्की जिल्लामा ४ मेगावाट क्षमताको सोम राधाकृष्ण सोलार फार्म परियोजना सञ्चालन गर्दै आएको छ। उक्त परियोजना सन् २०२२ अक्टोबर ३१ देखि सञ्चालनमा आएको हो। परियोजनाले आर्थिक वर्ष २०२३ मा करार अनुसारको कुल ऊर्जा उत्पादनको करिब ८१ प्रतिशत उत्पादन गरेको थियो भने हालसम्मको १० महिनामा करार ऊर्जा उत्पादनको करिब ८७ प्रतिशत उत्पादन गरिसकेको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया