Nepal Life

नेप्से ६२ अंकले उकालो, फाइनान्स र हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण

NMB Bank
  • BFIS News
  • 2025 May 07 16:02
नेप्से ६२ अंकले उकालो, फाइनान्स र हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण
United Ajod

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक बुधबार ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा पुगेको छ। कारोबार रकम १० अर्ब ५१ करोड रुपैयाँ नाघेको छ।

Shikhar
Nepal Life
NIMB

कुल २२७ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १८ वटा कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थिर देखिएको छ। आज १३ वटा उपसमूह हरियालीमा रहँदा पाँच कम्पनी सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्।

आज फाइनान्स समूहमा उल्लेख्य वृद्धि देखिएको छ। यो समूह ५.४७ प्रतिशतले उकालो लागेको हो। पछिल्लो केही महिनादेखि निरन्तर घटेको फाइनान्स समूहको मूल्य आकर्षक बनेपछि लगानीकर्ता यसतर्फ आकर्षित भएका हुन्। यस्तै, हाइड्रोपावर समूह ३.१३ प्रतिशतले बढेको छ। पाँच समूहबाहेक अन्य सबै उपसमूहमा २ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ।

उच्च पुँजी (हाई क्याप) भएका कम्पनीहरुको सेयर मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। बैंक, बीमा, लघुवित्तजस्ता समूहले बजार पूँजीकरणमा ठूलो हिस्सा ओगटेकाले यी समूहका सेयर मूल्यमा आएको सुधारले नेप्से सूचकमा प्रत्यक्ष प्रभाव परेको हो।

लगातार १२ कारोबारी दिनहरूमध्ये अधिकांश दिनमा बजार ओरालो लागेको थियो। तर आज फराकिलो बृद्धिले लगानीकर्तामा उत्साह देखिएको छ। धेरै बैंकका सेयरहरू ३०० रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध हुनु, हाइड्रोपावर कम्पनीहरूको नाफा सुधार हुने रिपोर्टहरू आउनु र घट्दो ब्याजदरले वित्तीय खर्च कम हुनु बजार सुधारका कारणका रूपमा देखिएका छन्।

बुधबार सबैभन्दा धेरै कारोबार सानिमा माई हाइड्रोपावरको भएको छ। लगानीकर्ताले सूचीकृत अन्य बीमा, लघुवित्त र उत्पादन क्षेत्रका कम्पनीहरुको वित्तीय विवरणमा सुधार आउने अपेक्षा गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया