Nepal Life

एनआइसी एसिया लघुवित्तको ९ महिनामा १३ लाख खुद नाफा, खुद ब्याज आम्दानी करिब ५० करोड

NMB Bank
  • BFIS News
  • 2025 May 09 08:57
एनआइसी एसिया लघुवित्तको ९ महिनामा १३ लाख खुद नाफा, खुद ब्याज आम्दानी करिब ५० करोड
United Ajod

काठमाडौं, वैशाख २६ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा (तेस्रो त्रैमाससम्म) १२ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Shikhar
Nepal Life
NIMB

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.४३ प्रतिशतले बढी हो। गत वर्ष सो अवधिमा कम्पनीले १२ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४९ करोड ५९ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको ६२ करोड ७२ लाख रुपैयाँभन्दा कम हो। यता, ६ करोड ५२ लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज (ऋण जोखिम व्यवस्था) रिभर्स भएको देखिन्छ।

संस्थाको सञ्चालन खर्च अघिल्लो वर्षको ५१ करोड ८ लाख रुपैयाँबाट बढेर यस वर्ष ६२ करोड ६७ लाख रुपैयाँ पुगेको छ। यद्यपि, लघुवित्तको वितरणयोग्य नाफा भने ३ करोड ७ लाख रुपैयाँ रहेको छ, जुन गत वर्षको तुलनामा ८४.१५ प्रतिशतले कम हो।

एनआइसी एसिया लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७९ करोड १० लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी (EPS) १० पैसा कायम छ भने प्रति शेयर नेटवर्थ १४७.२४ रुपैयाँ रहेको छ।

तर, कम्पनीको गैर-सञ्चल ऋण (NPL) अनुपात १३.५५ प्रतिशत पुगेको छ, जुन लघुवित्त क्षेत्रका लागि जोखिम सूचकांकको रूपमा हेरिएको छ।

यस आर्थिक वर्षमा लघुवित्तको नाफा घटेपनि खर्च र ऋण जोखिम व्यवस्थापनका पक्षमा केही सुधार देखिएको विश्लेषकहरू बताउँछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया