Nepal Life

एसईई खारेज गर्ने सरकारको प्रस्ताव, विधेयक सहित

NMB Bank
  • BFIS News
  • 2023 Sep 13 16:58
एसईई खारेज गर्ने सरकारको प्रस्ताव, विधेयक सहित
United Ajod

काठमाडौं । नेपाल सरकारले एसईई खारेज गर्ने प्रस्तावसहित ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक- २०८०’ संसदमा दर्ता गरेको छ ।  

Shikhar
Nepal Life
NIMB

बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संसदमा विधेयक दर्ता गरेका हुन्। नयाँ विधेयकमा माध्यामिक तह उतीर्ण परीक्षा १२ कक्षामा मात्रै लिन सुझाव दिइएको छ।

अहिलेसम्म राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा लिइरहेको छ। कक्षा ९, १० र ११ को परीक्षा भने विद्यालयले नै लिने व्यवस्था ऐनमा राखिएको छ। यस्तै कक्षा ८ को परीक्षा मात्र स्थानीय तहले लिन प्रस्ताव गरिएको छ। सरकारले टेबल गरेको विधेयक अनुसार अब माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा १२ कक्षाको मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिइने छ।

माध्यमिक तहको शिक्षकको योग्यता स्नातकोत्तर

काठमाडौं । माध्यमिक तहको शिक्षणका लागि न्युनतम योग्यता स्नातकोत्तर बनाइने भएको छ । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक- २०८०’ मा  माध्यमिक तहको शिक्षक नियुक्तिका लागि सम्बन्धित विषयमा स्नातकोत्तर तह उतीर्ण गरेको हुनु पर्ने व्यवस्था गरिएको छ ।

शिक्षण पदमा नियुक्तिका लागि नेपाली नागरिक हुनुपर्ने भनिएको छ । त्यस्तै कक्षा पाँचसम्म जुनसुकै विषयमा स्नातक तह, कक्षा ६ देखि ८ को लागि सम्बन्धित विषयमा स्नातक तह र माध्यमक तहको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको हो ।

यसरी उक्त पदका लागि आवेदन दिनका लागि अध्यापन अनुमतिपत्र प्राप्त गरेकै हुनु पर्नेछ । उक्त पदमा आवेदन दिनका लागि २१ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्छ । शिक्षणको योग्यता शैक्षिक गुणस्तरसँग जोडिएको हुँदा आवश्यक न्युनतम योग्यता स्नातक राखिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षा विधेयक

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया