Nepal Life

सन नेपाल लाइफको खुद बीमा शुल्क आर्जन ३४.३७ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ७ अर्ब ६९ लाख नाघ्यो

NMB Bank
  • BFIS News
  • 2025 May 10 19:19
सन नेपाल लाइफको खुद बीमा शुल्क आर्जन ३४.३७ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ७ अर्ब ६९ लाख नाघ्यो
United Ajod

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा जीवन बीमा व्यवसायमा उल्लेखनीय वृद्धि गरेको छ। कम्पनीको खुद बीमा शुल्क आर्जन गत वर्षको तुलनामा ३४.३७ प्रतिशतले वृद्धि भई ३ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीको कुल आम्दानी पनि २६.१७ प्रतिशतले वृद्धि भई ४० करोड ५ लाख रुपैयाँ पुगेको छ। यद्यपि, कम्पनीको कुल खर्च ३८.८१ प्रतिशतले वृद्धि भई ३७ करोड २१ लाख रुपैयाँ पुगेको छ, जसमा दाबी भुक्तानी तथा लाभ भुक्तानी मात्रै ४१.३९ प्रतिशतले बढेर २ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।

बृद्धि भएको आम्दानीका बाबजुद कम्पनीको खुद नाफा भने ३३.३६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यस पटक ३२ करोड ८९ लाख रुपैयाँमा सिमित भएको छ। यो नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेर ११ रुपैयाँ ०७ पैसामा झरेको छ, जुन अघिल्लो वर्ष २० रुपैयाँ ५७ पैसा थियो।

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २.२४ प्रतिशतले घटेर ६३ करोड ७७ लाख रुपैयाँमा झरेको छ। हाल कम्पनीको जीवन बीमा कोष ७ अर्ब ६९ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्तापुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ८१ करोड ९४ लाख रुपैयाँमा पुगेको छ। सोही क्रममा शेयर प्रिमियम पनि ३.१३ प्रतिशतले वृद्धि भएको छ।

व्यवसाय विस्तारसँगै अभिकर्ता कमिशनमा पनि उल्लेखनीय वृद्धि भएको देखिन्छ। कम्पनीले अभिकर्तालाई २५.१९ प्रतिशतले बढी कमिशन दिँदै २८ करोड ७५ लाख रुपैयाँ खर्च गरेको छ। हाल कम्पनीको प्रति शेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा कायम छ भने सॉल्भेन्सी रेसियो स्थिर रहँदै २.३३ मा रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया