Nepal Life

क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको नाफामा उल्लेखनीय वृद्धि, इपीएस १.८७ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2025 May 11 09:52
क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको नाफामा उल्लेखनीय वृद्धि, इपीएस १.८७ रुपैयाँ
United Ajod

काठमाडौं। क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको नाफामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेखनीय वृद्धि भएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले यो अवधिमा १ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १४ लाख रुपैयाँ नाफाको तुलनामा ६३८.६४ प्रतिशतले धेरै हो।

कम्पनीको बिमा शुल्क आम्दानी ३४६.४२ प्रतिशतले वृद्धि भई १९ करोड ४१ लाख रुपैयाँ पुगेको छ, जसका कारण खुद नाफामा आकर्षक सुधार देखिएको हो।

त्यस्तै, लगानी तथा कर्जाबाट प्राप्त आम्दानी पनि ८.०३ प्रतिशतले बढेर ३ करोड ७९ लाख रुपैयाँ नाघेको छ। कम्पनीको जीवन बिमा कोषको आकार १४ करोड ९७ लाख रुपैयाँभन्दा माथि पुगेको छ।

क्रेष्ट माइक्रो लाइफले आइपीओ बिक्री गरी चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुर्‍याएको छ भने रिटेन्ड अर्निङ (जम्मा राखिएको नाफा) १ करोड २२ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (EPS) १.५१ रुपैयाँले वृद्धि भई १.८७ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ १०२.८८ रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया