Nepal Life

नेपाल लाइफको तेस्रो त्रैमासमा ६५.२ करोड रुपैयाँ नाफा, जीवन बीमा कोष २ खर्ब २७ अर्ब नाघ्यो, हरेक सूचकमा सुधार

NMB Bank
  • BFIS News
  • 2025 May 11 11:06
नेपाल लाइफको तेस्रो त्रैमासमा ६५.२ करोड रुपैयाँ नाफा, जीवन बीमा कोष २ खर्ब २७ अर्ब नाघ्यो, हरेक सूचकमा सुधार
United Ajod

काठमाडौं, वैशाख २८ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा ६५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको ६० करोड रुपैयाँ नाफाको तुलनामा ८.६४ प्रतिशतले वृद्धि भएको हो। नेपाल लाइफको जीवन बीमा कोष 

Shikhar
Nepal Life
NIMB

कम्पनीको चुक्ता पूँजी १० प्रतिशतले बढेर ८ अर्ब २० करोड रुपैयाँबाट ९ अर्ब २ करोड रुपैयाँ पुगेको छ। जीवन बीमा कोष पनि १५.४१ प्रतिशतले बढ्दै २ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ, जसले कम्पनीको व्यवसाय स्थायित्व देखाउँछ। त्यस्तै, लगानी रकम १२.४५ प्रतिशतले बढेर १८ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी ११.६१ प्रतिशतले वृद्धि भई ३२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। लगानी, ऋण र अन्य श्रोतहरूबाट कम्पनीले १२ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.९१ प्रतिशतले बढी हो।

तर, कम्पनीको सञ्चित नाफा भने ३८.४४ प्रतिशतले घटेर १९ करोड २३ लाख रुपैयाँबाट ११ करोड ८३ लाख रुपैयाँमा झरेको छ। नेट वर्थ प्रति सेयर पनि ८.२८ प्रतिशतले घट्दै १४८ रुपैयाँ ०७ पैसाबाट १३५ रुपैयाँ ८१ पैसामा झरेको छ। नाफा वृद्धि भए पनि कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) भने केही घटेर ९ रुपैयाँ ६३ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको ९ रुपैयाँ ७५ पैसाबाट कम हो।

खर्चको पक्षमा हेर्दा, कम्पनीको दाबी भुक्तानी १३.८३ प्रतिशतले वृद्धि भई ४१ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, कमिशन खर्च पनि १० प्रतिशतले बढेर २ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। हाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ७९.५७ को प्राइस टु अर्निङ (पीई) अनुपातमा कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया