Nepal Life

विप्रेषण आप्रवाहमा १० प्रतिशतको वृद्धि, कुल रकम ११९१ अर्ब नाघ्यो

NMB Bank
  • BFIS News
  • 2025 May 11 19:31
विप्रेषण आप्रवाहमा १० प्रतिशतको वृद्धि, कुल रकम ११९१ अर्ब नाघ्यो
United Ajod

काठमाडौं । चालु आर्थिक वर्षको समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार विप्रेषण आप्रवाह १०.० प्रतिशतले वृद्धि भई कुल रकम ११९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धि दर १७.२ प्रतिशत थियो।

Shikhar
Nepal Life
NIMB

अमेरिकी डलरको आधारमा हेर्दा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड डलर पुगेको छ, जबकि अघिल्लो वर्ष उक्त दर १५.२ प्रतिशत रहेको थियो।

यस अवधिमा कुल खुद द्वितीय आय (खुद ट्रान्सफर) १३०१ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ११७४ अर्ब ५४ करोड रुपैयाँ थियो।

त्यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २ सय २२ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६ सय ५२ पुगेको छ। अघिल्लो वर्ष यस्ता संख्या क्रमशः ३ लाख २७ हजार ८ सय ४२ र २ लाख ११ हजार २ सय २६ रहेका थिए। रोजगार र विप्रेषण आप्रवाह दुबै क्षेत्रमा देखिएको यो वृद्धिले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया