Nepal Life

सलिकोले ९ महिनामा गर्यो २५ करोड १९ लाख मुनाफा, बीमितले पाए एक अर्ब १४ करोड दाबी भुक्तानी

NMB Bank
  • BFIS News
  • 2025 May 12 08:28
सलिकोले ९ महिनामा गर्यो २५ करोड १९ लाख मुनाफा, बीमितले पाए एक अर्ब १४ करोड दाबी भुक्तानी
United Ajod

काठमाडौं, वैशाख २९ गते। सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म २५ करोड १९ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफा ४७ प्रतिशतले घटेको हो।
यस अवधिमा कम्पनीले १ अर्ब २९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५.९१ प्रतिशत कम हो। तर, कम्पनीको कमिशन आम्दानी भने ३३.१८ प्रतिशतले वृद्धि भएर ३ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

Shikhar
Nepal Life
NIMB

यस अवधिमा कम्पनीले १ अर्ब २९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५.९१ प्रतिशत कम हो। तर, कम्पनीको कमिशन आम्दानी भने ३३.१८ प्रतिशतले वृद्धि भएर ३ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

लगानी तथा ऋणबाट प्राप्त आम्दानीमा भने २१.९५ प्रतिशत गिरावट देखिएको छ। कुल आम्दानी २९ करोड २ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीले १  अर्ब १४ करोड रुपैयाँ बीमितलाई दावी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४६.५० प्रतिशतले बढी हो। दाबी भुक्तानीमा बृद्धि भए सँगै कम्पनीको कुल खर्चमा पनि २५ प्रतिशतले बृद्धि भएको हो। 

व्यवस्थापकीय विश्लेषण

स्तरीय सेवा तथा समयमै दावी भुक्तानीमार्फत बीमितहरूको विश्वास जित्न सफल कम्पनीले मुनाफा भन्दा पनि बीमित प्रतिको उत्तरदायित्वलाई महत्व दिदै आएको छ। समीक्षा अवधिमा बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण बीमितहरूको दावी संख्या उल्लेख्य भएको र त्यसको क्षतिपूर्तिलाई कम्पनीले प्राथमिकतामा राखेर तिव्र दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ।

कम्पनीले गएको असोज १२ गतेको विनासकारी बाढी पहिरोको दाबी भुक्तानीमा ठुलो रकम खर्चिएको छ। यसै कारण अपेक्षित मुनाफा प्राप्त गर्न नसकिएको भए पनि आगामी त्रैमासिकमा अपेक्षा अनुसार मुनाफा आर्जन हुने कम्पनीको विश्वास रहेको छ।

वित्तीय अवस्था र अनुपात

• कम्पनीको जगेडा लाभांश (Retained Earnings) ५५.०३% ले बढेर ६ करोड २६ लाख पुगेको छ।

• बीमा दायित्व (Gross Insurance Contract Liabilities) मा पनि २३.५९% वृद्धि भएको छ।

• प्रति शेयर आम्दानी (EPS) घटेर १२.८१ रुपैयाँमा झरेको छ भने नेटवर्थ प्रति शेयर २४८.८२ रुपैयाँ कायम भएको छ।

कम्पनीले इन्स्योरेन्स कभरेजका लागि पुनर्बीमा (Reinsurance) को उचित व्यवस्था गरेको छ र जोखिम व्यवस्थापनको लागि आफ्नो दायित्व पूरा गर्न प्रतिबद्ध रहेको जनाएको छ। पुनर्बीमाबाट भुक्तानी प्राप्त गर्ने कार्यले बीमितलाई असर नगर्ने कम्पनीले प्रष्ट पारेको छ। 

कम्पनीको सोल्वेन्सी अनुपात २.७५ रहेको छ, जुन नियामक निकायको मापदण्डअनुसार सन्तोषजनक मानिन्छ। कम्पनीले सबै संस्थागत सुशासनलाई पालना गर्दै आएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया