Nepal Life

साना किसान लघुवित्तको नाफा ५४ करोड ५० लाख, ईपीएस घटेर १६.८५ रुपैयाँमा सीमित

NMB Bank
  • BFIS News
  • 2025 May 12 10:00
साना किसान लघुवित्तको नाफा ५४ करोड ५० लाख, ईपीएस घटेर १६.८५ रुपैयाँमा सीमित
United Ajod

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५४ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Shikhar
Nepal Life
NIMB

अघिल्लो वर्षको सोही अवधिमा ५३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको संस्थाको नाफा यस पटक १.९६ प्रतिशतले मात्र वृद्धि भएको हो।

खुद ब्याज आम्दानीमा आएको गिरावटका कारण नाफामा उल्लेखनीय सुधार हुन नसकेको देखिन्छ। संस्थाको खुद ब्याज आम्दानी ११.२६ प्रतिशतले घटेर १ अर्ब ३९ करोड ३४ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, सञ्चालन नाफा पनि ५.२४ प्रतिशतले घट्दै ७९ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ।

यद्यपि आय कर खर्चमा केही कमी आएपछि नाफा थोरै मात्रामा बढ्न सफल भएको हो।

चालु त्रैमाससम्म साना किसानको चुक्ता पुँजी १३.३० प्रतिशतले बढेर ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ पुगेको छ भने रिजर्भमा ४ अर्ब १० करोड रुपैयाँभन्दा बढी रहेको छ।

पुँजी वृद्धिको अनुपातमा नाफा नबढ्दा प्रति सेयर आम्दानी (ईपीएस) १.८८ रुपैयाँले घटेर १६.८५ रुपैयाँमा झरेको छ। प्रतिसेयर नेटवर्थ भने २३१.७१ रुपैयाँ कायम छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया