Nepal Life

दिव्यश्वरी हाइड्रोपावरको वार्षिक साधारणसभा जेठ २२ गते, हकप्रद सेयर सम्बन्धी प्रस्ताव एजेन्डामा

NMB Bank
  • BFIS News
  • 2025 May 13 16:01
दिव्यश्वरी हाइड्रोपावरको वार्षिक साधारणसभा जेठ २२ गते, हकप्रद सेयर सम्बन्धी प्रस्ताव एजेन्डामा
United Ajod

काठमाडौं, ३० वैशाख। दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेड (DHPL) ले आफ्नो ११औं र १२औं वार्षिक साधारणसभा (एजीएम) यही आउँदो जेठ २२ गते बोलाएको छ।

Shikhar
Nepal Life
NIMB

सभा काठमाडौंको धुम्बाराही, मैतीदेवी, पुरानो बानेश्वरस्थित अन्नपूर्ण पार्टी भेनु मा बिहान ११:३० बजे सुरु हुनेछ।

सभाका प्रमुख एजेन्डाहरू:

१. कम्पनीको वार्षिक प्रतिवेदन पारित गर्ने
२. आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान हिसाब, वित्तीय विवरण र नगद प्रवाह विवरण पारित गर्ने
३. आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
४. सञ्चालक समिति सदस्यको नियुक्तिलाई अनुमोदन गर्ने
५. विविध

उक्त सभामा कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्न १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको छ।

किताब बन्द मिति

साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ ८ गतेलाई बुक क्लोज मिति तय गरेको छ। सो मितिभन्दा अघि सेयर कायम गरेका लगानीकर्ताहरू मात्र एजीएममा सहभागी हुन तथा हकप्रद सेयर प्रस्तावमा मत दिन योग्य हुनेछन्।

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया