Nepal Life

नेपाल स्टक एक्सचेन्ज र शेयरबजार लगानीकर्ता संघबीच परिचयात्मक भेट, पुँजीबजार सुदृढीकरणमा सहकार्य गर्ने

NMB Bank
  • BFIS News
  • 2025 May 15 20:28
नेपाल स्टक एक्सचेन्ज र शेयरबजार लगानीकर्ता संघबीच परिचयात्मक भेट, पुँजीबजार सुदृढीकरणमा सहकार्य गर्ने
United Ajod

काठमाडौं, २०८२ जेठ १ गते । नेपाल शेयरबजार लगानीकर्ता संघका पदाधिकारीहरू र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कार्यकारी अधिकृत चूडामणि चापागाईंबीच आज काठमाडौंमा एक औपचारिक परिचयात्मक भेटघाट सम्पन्न भएको छ।

Shikhar
Nepal Life
NIMB

भेटका अवसरमा संघको तर्फबाट एक औपचारिक पत्र पेश गर्दै संघको स्थापना, उद्देश्य, कार्ययोजना तथा पुँजीबजारलाई व्यवस्थित, पारदर्शी, गतिशील र आयामिक बनाउँदै समृद्ध अर्थतन्त्र निर्माणमा सहयोग पुर्‍याउने लक्ष्यप्रति प्रतिबद्धता व्यक्त गरिएको थियो। पत्रमा संवाद र छलफललाई प्राथमिकता दिनुपर्ने कुरामा विशेष जोड दिइएको थियो।

कार्यकारी अधिकृत चूडामणि चापागाईंले वर्तमान बजारको यथार्थ चित्र प्रस्तुत गर्दै सुदृढ पुँजीबजार निर्माणमा संघले खेल्न सक्ने भूमिकाको प्रशंसा गरे। उनले सबै लगानीकर्ताको हित सुरक्षित गर्नेतर्फ काम गर्न शुभकामना व्यक्त गर्दै, संघको प्रयासहरूप्रति सकारात्मक धारणा प्रकट गरे।

भेटमा संघका प्रवक्ता मुरारी पराजुलीले सुदृढ पुँजीबजार निर्माणमा सबै सरोकारवालाको सकारात्मक सहभागिता आवश्यक रहेको बताए। कार्यकारी अधिकृत चापागाईंले लगानीकर्तालाई सक्षम र सचेत बनाउने संघको अभियानप्रति खुशी र बधाई व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गरे।

संघका संस्थापक महासचिव रविन कँडेलले नेप्सेमा युगसापेक्ष सुधार र प्रणालीगत परिवर्तन आवश्यक रहेको धारणा राखे। वरिष्ठ उपाध्यक्ष किशोर पौडेल, सचिव भुवन ढकाल, प्रवक्ता धनञ्जय पौडेल, सदस्यहरू मिना भट्ट, विवेक श्रेष्ठ र सुदर्शन गौतमले पनि आफ्नो उपस्थिति जनाउँदै पुँजीबजार सुधार, लगानीकर्ता हित संरक्षण र बजारको दीर्घकालीन सुदृढीकरणबारे विविध विचारहरू प्रस्तुत गरे।

यो भेटघाटले नेपाल स्टक एक्सचेन्ज र नेपाल शेयरबजार लगानीकर्ता संघबीचको आपसी समझदारीलाई बलियो बनाउने मात्र नभई पुँजीबजारको विकास, पारदर्शिता र लगानीकर्ताको हितमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया