Nepal Life

प्रभु महालक्ष्मी लाइफले डाक्यो वार्षिक साधारणसभा, ८ प्रतिशत बोनस शेयरको घोषणा सँगै हकप्रद शेयर रद्द

NMB Bank
  • BFIS News
  • 2025 May 16 11:08
प्रभु महालक्ष्मी लाइफले डाक्यो वार्षिक साधारणसभा, ८ प्रतिशत बोनस शेयरको घोषणा सँगै हकप्रद शेयर रद्द
United Ajod

काठमाडौं, जेठ २ गते। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आठौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न जेठ २६ गते, सोमबार साधारण सभा बोलाएको हो।

Shikhar
Nepal Life
NIMB

साधारण सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

त्यस्तै, सातौँ वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय रद्द गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव, नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव लगायत अन्य महत्वपूर्ण प्रस्तावहरू समेत सभामा पेस हुनेछन्।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति जेठ २३ गते तोकेको छ। यस अनुसार, जेठ २२ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् साथै प्रस्तावित लाभांश प्राप्त गर्ने हकदार हुनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया