Nepal Life

प्रतिनिधिसभामा विद्युत् आपूर्ति अवरुद्धको विषयमा सांसदहरूको ध्यानाकर्षण

NMB Bank
  • BFIS News
  • 2025 May 18 13:10
प्रतिनिधिसभामा विद्युत् आपूर्ति अवरुद्धको विषयमा सांसदहरूको ध्यानाकर्षण
United Ajod

काठमाडौं। प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा विभिन्न दलका सांसदहरूले देशभर झ्यापझ्याप विद्युत् आपूर्ति अवरुद्ध भइरहेका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। उनीहरूले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।

Shikhar
Nepal Life
NIMB

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले हाल देशभर घरघरमा बत्ती झ्यापझ्याप जाने अवस्था रहेको बताउँदै समस्या समाधानका लागि तत्कालय कदम चाल्न सरकारलाई आग्रह गरे। उनले भने, "अहिले घरघरमा अन्धकार छ, बत्ती लगातार झ्यापझ्याप गइरहेको छ। यसको कारण जानकारी गराई तत्काल समाधान गर्नुपर्छ।"

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सूर्यमान तामाङ (दोङ) ले विद्युत् प्राधिकरणको लापरवाहीका कारण विद्युत् क्षेत्रमा काम गर्ने कामदारहरूको मृत्यु भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले भने, “हिजो लोडसेडिङ अन्त्य भएको थियो, तर अहिले फेरि बत्ती झ्यापझ्याप जान थालेको छ। के नेपाली जनता पुनः अन्धकारमा बस्नुपर्ने अवस्था आएको हो?”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सराज अहमद फारुकीले पछिल्लो समय सडक दुर्घटनामा वृद्धि भएको भन्दै दुर्घटना न्यूनीकरणका लागि सरकारसँग विशेष योजना ल्याउन माग गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले काभ्रेपलाञ्चोकमा विद्युत् जडानका क्रममा करेन्ट लागेर उमेश परियारको मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए।

जनमत पार्टीका सांसद अब्दुल खाँनले सर्लाहीको पर्सा–५ मा तसलिम अन्सारीमाथि भएको कुटपिट र बङ्गुरको खोरमा थुनेको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे। साथै, उनले मुस्लिम समुदायको धार्मिक, सांस्कृतिक र पहिचानको संरक्षण गर्नसमेत सरकारको ध्यानाकर्षण गराए।

माओवादी केन्द्रकै सांसद रणेन्द्र बरालीले पनि करेन्ट लागेर मृत्यु भएका २८ वर्षीय उमेश परियारको परिवारलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरे।

बैठकमा विद्युत् आपूर्तिको अनियमितता, कामदारको सुरक्षा र अल्पसंख्यक समुदायप्रति हुने घटनालाई लिएर उठेका आवाजले सरकारलाई तुरुन्त कदम चाल्न सांसदहरूले जोड दिएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया