Nepal Life

आज प्रहरी परिचालन गरेर फोहोर फालियो, भोलि के हुन्छ ?

NMB Bank
  • BFIS News
  • 2022 Jun 07 21:17
आज प्रहरी परिचालन गरेर फोहोर फालियो, भोलि के हुन्छ ?
United Ajod

स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि प्रहरी परिचालन गरेर काठमाडौंबाट फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा खसालिएको छ । यसअघि नै संकलन गरेर १५७ वटा गाडीमा लोड भइराखेको फोहोर मंगलबार दिउँसो ल्याण्डफिल साइटमा खसालिएको हो ।

सोमबार शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकासँग वञ्चरेडाँडाबासीका तर्फबाट नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाका जनप्रतिनिधिले सहमति गरेका थिए । सो सहमतिपछि मंगलबार १५७ वटा गाडी फोहोर फाल्न वञ्चरेडाँडातर्फ जाँदा स्थानीय वासिन्दाले वञ्चरेडाँडा आसपासको क्षेत्रमा अवरोध गरेका थिए ।

Shikhar
Nepal Life
NIMB

उनीहरुले जनप्रतिनिधिले गरेको सहमतिप्रति आपत्ति जनाउँदै फोहोर फाल्न नदिने अडान लिएका थिए । केही जनप्रतिनिधिहरुलाई लोभ र त्रास देखाएर हस्ताक्षर गराएको र संघर्ष समितिलाई बेवास्ता गरेको भन्दै स्थानीयले आपत्ति जनाएका हुन् ।

तर प्रहरी परिचालन गरेर प्रदर्शनमा उत्रिएकालाई लाठीचार्ज र नियन्त्रणमा लिएर ट्रकहरु ल्याण्डफिल साइटमा पुर्‍याइएको थियो ।

काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार बुधबारदेखि फोहोर कसरी फाल्ने भन्ने निर्णय भएको छैन । ‘फोहोर फालेर फर्किएका गाडीले फोहोर उठाउँछन्, अब फोहोर कसरी फाल्ने भन्ने विषयमा निर्णय गर्न बाँकी छ’ उनले भनिन्, ‘हामी जसरी पनि नियमित रूपमा फोहोर उठाउनुपर्छ भन्ने पक्षमा छौं ।’

गत १४ जेठदेखि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकासहित उपत्यकाका शहरबाट फोहोर उठाइएको छैन ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया