Nepal Life

नेप्से परिसूचकमा सुधार, कारोबार रकम भने घट्यो

NMB Bank
  • BFIS News
  • 2025 May 19 15:43
नेप्से परिसूचकमा सुधार, कारोबार रकम भने घट्यो
United Ajod

काठमाडौं। लगातार ६ कारोबार दिनसम्म गिरावट आएको नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन (सोमबार) भने उकालो लागेको छ। सोमबार नेप्से १९.३० अंकले वृद्धि भएर २६२८.३६ विन्दुमा पुगेर बन्द भएको हो।

Shikhar
Nepal Life
NIMB

सोमबार सेन्सेटिभ इन्डेक्स ४.१५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.५३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६६ अंकले वृद्धि भएको छ।

नेप्से परिसूचकमा सुधार देखिए पनि कुल कारोबार रकममा भने गिरावट आएको छ। अघिल्लो कारोबार दिन (आइतबार) ८ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा सोमबार ३२४ कम्पनीका ७१ हजार २८७ पटकको कारोबारमार्फत ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ५ हजार कित्ता शेयर मात्र किनबेच भएको हो।

यस दिन चार कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। ती कम्पनीहरूमा सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ओम मेगाश्री फर्मास्यूटिकल्स, र तेह्रथुम पावर कम्पनी रहेका छन्।

उता, विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने १० प्रतिशतले घट्दै दिनकै सबैभन्दा धेरै मूल्य घटेको शेयर बनेको छ।

कारोबार रकमको आधारमा राधी विद्युत कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीको सोमबार ५९ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको ५१ करोडभन्दा बढी र हिमालयन रि इन्स्योरेन्स कम्पनीको ४१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचकमा वृद्धि भएको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक १.२४ प्रतिशतले घटेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशतले बढेको छ। यस्तै, बैंकिङ, जलविद्युत, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया