Nepal Life

‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ जेठ ७ देखि १२ सम्म भृकुटीमण्डपमा हुने

NMB Bank
  • BFIS News
  • 2025 May 19 16:55
‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ जेठ ७ देखि १२ सम्म भृकुटीमण्डपमा हुने
United Ajod

काठमाडौं, जेठ ५। नेपालमा टिभीएस ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधनहरूको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्न लागेको छ। मेला यही जेठ ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

Shikhar
Nepal Life
NIMB

मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी किन्न सक्नेछन्, त्यो पनि विभिन्न आकर्षक अफर र मनोरञ्जनात्मक कार्यक्रमसहित। मेलाको पूर्वसन्ध्यामा, जेठ ६ गतेसम्म प्रि-बुकिङ गर्ने ग्राहकहरूलाई रु. ५,००० बराबरको उपहार उपलब्ध गराइनेछ, जुन सीमित अवधिका लागि हुनेछ। मेलामा सहभागी हुने ग्राहकले निम्न लाभ लिन सक्नेछन्:

- पुरानो सवारीको न्यूनतम मूल्याङ्कन रु. ३०,००० सम्म सुनिश्चित

- ५० भन्दा बढी रीकन्डिसन हाउसहरूको सहभागिता

- पुरानो सवारीमा रु. १०,००० सम्मको अतिरिक्त मूल्यांकन

- नयाँ सवारीमा रु. ८,००० सम्मको नगद छुट

- शून्य प्रतिशत ब्याजदरमा सवारी किन्न सकिने सुविधा (नियम तथा सर्त लागु हुने)

त्यसैगरी, नयाँ सवारी खरिद गर्ने हरेक ग्राहकलाई हेल्मेट, झोला, बाइक कभर, र रेनकोट नि:शुल्क प्रदान गरिनेछ। मेला सवारीको एक्सचेञ्ज र फाइनान्स अफरमा मात्र सीमित छैन। यसमा आगन्तुकका लागि लाइभ ब्यान्ड प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, रमाइला खेलहरू, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष मनोरञ्जन क्षेत्रसमेतको व्यवस्था गरिएको छ। मेला सम्पूर्ण परिवारलाई लक्षित गर्दै पूर्ण मनोरञ्जनात्मक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो।

जगदम्बा मोटर्सले सम्पूर्ण दुईपाङ्ग्रे सवारीप्रेमीहरू तथा सम्भावित ग्राहकहरूलाई भृकुटीमण्डपमा उपस्थित भई टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेलामा सहभागी भइ लाभ लिन हार्दिक आमन्त्रण गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया