Nepal Life

केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्ति हुने संकेतसँगै शेयर बजार ४९ अंकले उकालो

NMB Bank
  • BFIS News
  • 2025 May 20 17:00
केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्ति हुने संकेतसँगै शेयर बजार ४९ अंकले उकालो
United Ajod

काठमाडौं। केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्त हुने संकेतले लगानीकर्तामा सकारात्मक मनोवृत्ति देखिएपछि मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेख्य रूपमा बढेको छ।

Shikhar
Nepal Life
NIMB

मंगलबारको कारोबारमा नेप्से परिसूचक ४९.०९ अंकले उकालो लागेर २६७७.४५ विन्दुमा पुगेर बन्द भएको हो। अघिल्लो दिन (सोमबार) पनि नेप्से वृद्धि भएको थियो, जसको लय मंगलबार पनि कायम रह्यो।

यस दिन सेन्सेटिभ इन्डेक्स ८.६८ अंकले, फ्लोट इन्डेक्स ३.८९ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.०८ अंकले बढेका छन्।

यद्यपि, कारोबार रकम भने सोमबारको तुलनामा केही घटेको देखिएको छ। सोमबार ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा मंगलबार ७ अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको हो। कुल ३१० कम्पनीका १ करोड ६८ लाख ८८ हजार कित्ता शेयर ७३ हजार ५४ पटक कारोबार भएका थिए।

मंगलबारको कारोबारमा ३ कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। ती कम्पनीहरूमा सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकओम मेगाश्री फर्मास्यूटिकल्स परेका छन्। त्यस्तै, राप्ती हाइड्रो एण्ड कन्स्ट्रक्सनग्रीन डेभलपमेन्ट बैंक को शेयर मूल्य पनि झण्डै १० प्रतिशतले बढेको छ।

हालै एफपीओ निष्कासन गरेर सूचीबद्ध भएको विन नेपाल लघुवित्तको शेयर मूल्य भने मंगलबार सबैभन्दा धेरै ३.०९ प्रतिशतले घटेको देखिएको छ।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ४१ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भयो। दोस्रो स्थानमा ङादी ग्रुप पावर (करिब ३७ करोड रुपैयाँ) र तेस्रोमा युनिभर्सल पावर कम्पनी (३१ करोड रुपैयाँभन्दा बढी) परे।

मंगलबारको दिन १३ वटै उपसमूहका परिसूचकहरू हरियाली देखिए। होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.४२ प्रतिशतले बढ्यो। विकास बैंक उपसमूह २.९५ प्रतिशतले, भने वित्त, जलविद्युतलगानी उपसमूह २ प्रतिशतभन्दा बढीले बढेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया