Nepal Life

एकैदिन तोलामा पाँच हजार रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

NMB Bank
  • BFIS News
  • 2025 May 21 11:49
एकैदिन तोलामा पाँच हजार रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
United Ajod

काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार रूपैयाँ बढेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार नौ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ। 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया