Nepal Life

कबिता नेपालीले २४ घण्टामै सगरमाथा र ल्होत्से आरोहणको किर्तीमान बनाउदै सगरमाथा लुम्बिनीको लोगो फहराइन्

NMB Bank
  • BFIS News
  • 2025 May 21 21:32
कबिता नेपालीले २४ घण्टामै सगरमाथा र ल्होत्से आरोहणको किर्तीमान बनाउदै सगरमाथा लुम्बिनीको लोगो फहराइन्
United Ajod

काठमाडौँ । कविता नेपालीले २४ घण्टामै सर्वोच्च शिखर सगरमाथा र ल्होत्सको आरोहणमा किर्तिमानी बनाउदै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी सलिकोको लोगो अंङ्कित झण्डा फहराएकी छिन्। 

Shikhar
Nepal Life
NIMB

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सगरमाथा आरोहण २०२५ मा ऐतिहासिक सफलता हात पार्न सफल कबिता नेपालीलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।

नेपालीले संसारको सर्वोच्च शिखर सगरमाथा (८,८४८ मि.) र चौथो अग्लो शिखर ल्होत्से (८,५१६ मि.) लाई २४ घण्टाको अन्तरमा सफलतापूर्वक आरोहण गर्दै अद्वितीय उपलब्धि हासिल गरेकी हुन्। यस साहसिक यात्रामा उनले देखाएको आत्मबल, दृढसंकल्प र नेतृत्व क्षमताले महिलाको सशक्तीकरण र निर्भीकताका प्रतिकको रूपमा उनीलाई उदाहरणीय बनाएको छ।

सालिकोले यो गौरवपूर्ण यात्रामा बीमा साझेदारको रूपमा सहभागिता जनाउन पाउँदा गौरवको अनुभूति गरेको बताएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया