Nepal Life

हिमालयन रिइन्सुरेन्सको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 May 22 08:44
हिमालयन रिइन्सुरेन्सको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन
United Ajod

काठमाडौं, जेठ ८। हिमालयन रिइन्सुरेन्स कम्पनीको साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति जेठ ११ गते आइतबार तोकिएको छ।

Shikhar
Nepal Life
NIMB

त्यसैले, कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्न आज बिहीबार (जेठ ८) सम्म सेयरधनी कायम हुनुपर्नेछ।

जेठ ९ गते शुक्रबार र १० गते शनिबार परेकाले ती दिनहरूमा सेयर कारोबार बन्द रहनेछ। सो कारण आजभित्र सेयर खरिद गरी सेयरधनी बनेकाहरू मात्र लाभांशको हकदार हुनेछन्।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि ४.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सोमध्ये ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश समावेश छ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीको ५औं वार्षिक साधारण सभा जेठ २५ गते शनिबार बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बस्नेछ।

साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणमाथि छलफल हुनेछ। साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च तथा अन्य खर्च अनुमोदन, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव, तथा आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी एजेन्डाहरू पनि सभामा पेश गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया