Nepal Life

सान्वी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ खुला गर्‍यो

NMB Bank
  • BFIS News
  • 2025 May 23 09:45
सान्वी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ खुला गर्‍यो
United Ajod

काठमाडौं, जेठ ९। सान्वी इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले रु १०० अंकित मूल्यका दरले जम्मा २४ लाख १५ हजार ३०० कित्ता साधारण सेयर निष्कासन गरिरहेको छ, जसको कुल मूल्य रु २४ करोड १५ लाख बराबरको छ।

आईपीओको अघिल्लो बन्द मिति जेठ १३ गते तोकिएको छ भने मागअनुसार नपुगेमा उक्त अवधि जेठ २३ गतेसम्म लम्ब्याउन सकिनेछ।

यसअघि, सान्वी इनर्जीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई ८ लाख ८० हजार कित्ता (रु ८ करोड ८० लाख बराबर) र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख ९१ हजार कित्ता (रु २ करोड ९१ लाख बराबर) सेयर वितरण गरिसकेको छ। त्यस्तै, म्युचुअल फन्डका लागि १ लाख ४५ हजार ५ सय कित्ता र कम्पनीका कर्मचारीका लागि ५८ हजार २ सय कित्ता सेयर आरक्षित गरिएको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई दिइएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

सान्वी इनर्जी लिमिटेडलाई क्रेडिट रेटिङ संस्था केयर रेटिङ्स नेपाल लिमिटेड (CRNL) ले ‘CARE-NP BB+ (Is)’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ प्राप्त संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिमयुक्त मानिन्छ।

सान्वी इनर्जी लिमिटेड सन् २०११ मा निजी कम्पनीका रूपमा स्थापना भई सन् २०२० को जुलाईमा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। जलविद्युत् र अन्य क्षेत्रका अनुभवी व्यक्तिहरूद्वारा प्रवर्द्धित यस कम्पनीले बीओओटी (Build, Own, Operate, Transfer) मोडलमा आधारित दुई जलविद्युत् परियोजना सञ्चालन गरिरहेको छ, जसमध्ये एक सञ्चालनमा रहेको र अर्को निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया