Nepal Life

यी हुन् २०२५ मा हालसम्म उत्कृष्ट प्रतिफल दिएका सेयर बजारहरू

NMB Bank
  • BFIS News
  • 2025 May 23 10:00
यी हुन् २०२५ मा हालसम्म उत्कृष्ट प्रतिफल दिएका सेयर बजारहरू
United Ajod

काठमाडौं। सन् २०२५ को हालसम्मको अवधिमा विश्वभरका सेयर बजारहरूले मिश्रित प्रदर्शन देखाएका छन्।

Shikhar
Nepal Life
NIMB

अमेरिकाका स्टकहरू अप्रिलमा तीव्ररूपमा घटेका थिए भने युरोपेली बजारमा उल्लेखनीय सुधार देखिएको छ। युरोपेली केन्द्रीय बैंकको मौद्रिक नीतिमा आएको सहजता र औद्योगिक गतिविधिमा आएको पुनरुत्थानले युरोपेली बजारहरूलाई टेवा पुगेको हो।

सन् २०२५ मे १३ सम्मको तथ्याङ्कअनुसार उच्च प्रतिफल दिने सेयर बजारहरूमा युरोपेली बजारहरू शीर्ष स्थानमा रहेका छन्। विशेषगरी युरोपेली केन्द्रीय बैंकले अप्रिलमा तीनवटा प्रमुख ब्याजदरहरू २५ आधार बिन्दुले घटाएको निर्णय प्रमुख कारण हो। यसले लगानीकर्ताको आत्मविश्वासमा सुधार ल्याएको बताइएको छ।

युरोजोनभर व्यवसायिक गतिविधिमा देखिएको वृद्धिमा जर्मनीको उत्पादन क्षेत्रको अगुवाइ प्रमुख भूमिका रहेको छ। यस्तै, युक्रेनमा जारी रुसी आक्रमण र नाटोप्रति अमेरिकाको कमजोर प्रतिबद्धताका कारण युरोपेली मुलुकहरूमा रक्षा बजेट बढेको छ। यसले रक्षा कम्पनीहरूको सेयर मूल्यमा उल्लेखनीय वृद्धि गराएको छ।

उदाहरणस्वरूप, जर्मनीको सबैभन्दा ठूलो रक्षा कम्पनी ‘राइनमेटाल एजी’ को सेयर मूल्य सन् २०२५ को सुरुयता करिब २०० प्रतिशतले वृद्धि भएको छ। स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्युटका अनुसार, सन् २०२४ मा युरोपभर सुरक्षा खर्च १७ प्रतिशतले वृद्धि भई ६९३ मिलियन डलर पुगेको थियो।

यो सन्दर्भमा विश्लेषकहरूका अनुसार युरोपेली बजारहरू आगामी दिनमा पनि लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया