Nepal Life

नेको इन्सुरेन्सको वार्षिक साधारण सभा आज, सेयरधनीलाई बोनस सेयरसहित लाभांश प्रस्ताव

NMB Bank
  • BFIS News
  • 2025 May 23 10:08
नेको इन्सुरेन्सको वार्षिक साधारण सभा आज, सेयरधनीलाई बोनस सेयरसहित लाभांश प्रस्ताव
United Ajod

काठमाडौं, जेठ ९। नेको इन्सुरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज शुक्रबार काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे बस्दैछ।

Shikhar
Nepal Life
NIMB

सभाले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण र नगद प्रवाह सम्बन्धी प्रतिवेदनमाथि छलफल हुनेछ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाको एजेन्डामा समावेश गरिएको छ।

कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति वैशाख ३० गते निर्धारण गरिसकेको छ। तसर्थ, सो मितिभन्दा अगाडि कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया