Nepal Life

हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

NMB Bank
  • BFIS News
  • 2025 May 26 16:33
हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति
United Ajod

काठमाडौं, १३ जेठ । नेपाल धितोपत्र बोर्डले हिम स्टार ऊर्जा कम्पनी लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्न अनुमति दिएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान) र बोर्डबीच देखिएको स्वीकृति सम्बन्धी विवादपछिको यो पहिलो स्वीकृतिपत्र हो, जसले शेयर बजारमा पुनः सकारात्मक सन्देश दिएको छ।

Shikhar
Nepal Life
NIMB

बोर्डको स्वीकृतिपछि कम्पनीले अब ३७ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजीको ३० प्रतिशत हिस्सा अर्थात् ११ करोड ९० लाख रुपैयाँ बराबरको ११ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटललाई दिइएको छ।

यस स्वीकृतिसँगै हिम स्टार ऊर्जा कम्पनीले सर्वसाधारणबाट लगानी जुटाएर परियोजना विस्तार तथा वित्तीय सुदृढीकरणको बाटो खोल्ने अपेक्षा गरिएको छ। स्वीकृतिको प्रक्रिया टुंगिएसँगै कम्पनीले चाँडै आईपीओ निष्काशन मिति र प्रक्रिया सार्वजनिक गर्ने बताइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया