Nepal Life

पियोर इनर्जी लिमिटेडको आईपीओ शेयर नेप्सेमा सूचीकृत, पहिलो कारोबार २७८ रुपैयाँबाट सुरु हुने

NMB Bank
  • BFIS News
  • 2025 May 26 16:48
पियोर इनर्जी लिमिटेडको आईपीओ शेयर नेप्सेमा सूचीकृत, पहिलो कारोबार २७८ रुपैयाँबाट सुरु हुने
United Ajod

काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरू, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेतलाई निष्काशन गरी बाँडफाँट गरेको १६ लाख कित्ता साधारण शेयर र संस्थापक शेयरधनीहरूले लगानी गरेको ६४ लाख कित्ता शेयरसहित कुल ८० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरिएको हो।

Shikhar
Nepal Life
NIMB

नेप्सेले पियोर इनर्जीलाई पहिलो कारोबारका लागि ९६ रुपैयाँ ४५ पैसादेखि २८९ रुपैयाँ ३५ पैसासम्मको मूल्य रेञ्ज (ओपनिङ रेञ्ज) तोकेको छ। यही रेञ्जका आधारमा आउँदो आइतबार ‘स्पेशल प्रि–ओपन सेसन’मा पहिलो कारोबार हुने र त्यसपछि कम्पनीको शेयर नियमित दोस्रो बजारमा कारोबार हुन सुरु हुने नेप्सेले जनाएको छ।

नेप्सेमा सूचीकृत भएपछि अब पियोर इनर्जीको शेयर कारोबार "पीयुआरआई (PURI)" सिम्बोलमा हुनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया