Nepal Life

पन्चानब्बे हजार करदाता निलम्बित, कारोबार नगर्न विभागको आग्रह

NMB Bank
  • BFIS News
  • 2025 May 27 16:41
पन्चानब्बे हजार करदाता निलम्बित, कारोबार नगर्न विभागको आग्रह
United Ajod

काठमाडौँ, जेठ १३ गते । नियमानुसार मूल्य अृभिवृद्धि कर विवरण पेस नगर्ने ९५ हजारभन्दा बढी करदातासँग खरिद वा बिक्री कारोबार नगर्न आन्तरिक राजस्व विभागले आग्रह गरेको छ । 

Shikhar
Nepal Life
NIMB

विभागले आइतबार एक सूचना प्रकाशित गर्दै ९५ हजार ३४९ करदातालाई निलम्बन गरेको जानकारी गराएको थियो । सोमबार अर्को सूचना जारी गर्दै विभागले निलम्बित करदातासँग कारोबार नगर्न सम्बन्धित सबैलाई सूचित गराएको हो । 

विभागले गत वैशाख ११ गते कर विवरण पेस नगर्ने एक लाख दुई हजार २३२ करदाताको सूची सार्वजनिक गरेको थियो । मूल्य अभिवृद्धि कर ऐनबमोजिम लगातार छ महिनासम्म कर विवरण पेस नगर्ने करदाताको नाम सार्वजनिक गर्न सक्ने व्यवस्थाबमोजिम त्यतिबेला करदाताको सूची सार्वजनिक गरिएको विभागले जनाएको छ । 

उक्त व्यवस्था अनुसार विभागले वैशाख दोस्रो साता सूचना जारी गरेर आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क गरे १५ दिनभित्र कर विवरण पेस गरी आफ्नो कारोबार नियमित गर्न सूचित गरेको थियो । 

विभागको उक्त सूचनापछि जेठ ७ गतेसम्म केवल छ हजार ८८३ करदाताले मात्र कर विवरण पेस गरेको पाइएको छ । बाँकी करदाताको हकमा कर कट्टी गर्नुपर्ने रकम बाँकी भए रोक्का राख्न र निजको दर्तासमेत निलम्बन गर्न सक्ने कानुनी व्यवस्थाबमोजिम विभागले गत शुक्रबार निर्णय गरेर तोकिएको म्यादभित्र विवरण नबुझाएका करदाताको निलम्बनसहितको विवरण आइतबार सार्वजनिक गरेको हो । 

विभागले आफ्नो वेबसाइटको गृहपृष्ठमा रहेको स्थायी लेखा नम्बर खोजी गर्ने विकल्पमा त्यस्तो नम्बर राख्दा निलिम्बत करदाताको हकमा कर दर्ता निलम्बन गरेको देखाउने र त्यस्तो विवरण देखिएमा कारोबार नगर्न सचेत गराएको हो । 

दर्ता निलम्बन भएका करदाताले कर विवरण पेस गरेर कारोबार नियमित गरी दर्ता कायम राख्न चाहेमा बाँकी अवधिको सबै कर विवरण पेस गरेपछि निलम्बन सूचीबाट हट्ने व्यवस्था विभागले मिलाएको छ । निलम्बन भएका करदाताका हकमा निलम्बन रहेको अवधिसम्म त्यस्ता करदाताको निकासी र पैठारीसम्बन्धी कारोबार रोक्का गर्न विभागले भन्सार विभागलाई पनि अनुरोध गरेको छ । 

सूचीमा नाम रहेका करदाताले आफ्नो दर्ता निलम्बन हुनु नपर्ने कारण भएमा सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्न पनि विभागले जानकारी गराएको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया