Nepal Life

नेपाल बीमा प्राधिकरणका पुर्व सञ्चालक कोइराला उच्च अदालको न्यायाधीशमा नियुक्त

NMB Bank
  • BFIS News
  • 2023 Sep 15 21:44
नेपाल बीमा प्राधिकरणका पुर्व सञ्चालक कोइराला उच्च अदालको न्यायाधीशमा नियुक्त
United Ajod

काठमाडौं । नेपाल बीमा प्राधिकरणका पुर्व सञ्चालक सुशिल कोइरालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । कोइरालाले नेपाल बीमा प्राधिकरणको सञ्चालकमा लामो समय काम गरे । उनले आफ्नो कार्यकालमा १५० भन्दा धेरै मुद्दा फैसला भएको थियो ।

Shikhar
Nepal Life
NIMB

न्याय परिषद्‌ले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षमा शुक्रबार बसेको परिषद्‌को बैठकले २७ जनाको नाम उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो।

परिषद्ले न्याय सेवा, कानुन सेवा र सरकारी वकिल, जिल्ला न्यायाधीश र कानुन व्यवसायी मध्येबाट २७ जनाको नाम उच्च अदालतका न्यायाधीशका लागि सिफारिस गरेको हो।

सिफारिस हुनेमा १८ जना जिल्ला न्यायाधीश छन्। यस्तै, ६ जना कानुन व्यवसायी छन्। सिफारिस हुने अन्यमा न्याय सेवा, कानुन सेवा र सरकारी वकिल समूहका छन्।  

लामो समयदेखि उच्च अदालतमा न्यायाधीश नियुक्ति हुन सकेको थिएन। २०७८ सालदेखि रोकिएको न्यायाधीश नियुक्तिको गाँठो प्रधानन्यायाधीश श्रेष्ठले फुकाएका हुन्। यो सँगै अब उच्च अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्चसम्म नियुक्तका लागि सिफारिस सुरु हुने देखिन्छ।

परिषद्‌मा अध्यक्षको रुपमा प्रधानन्याायधीश श्रेष्ठ ,कानुनमन्त्री धनराज गुरुङ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्याय परिषद्का दुई सदस्यहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी रहेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया