Nepal Life

सगरमाथा जलविद्युतको हकप्रद शेयर निष्कासनलाई विद्युत नियमन आयोगको स्वीकृति

NMB Bank
  • BFIS News
  • 2025 May 28 10:51
सगरमाथा जलविद्युतको हकप्रद शेयर निष्कासनलाई विद्युत नियमन आयोगको स्वीकृति
United Ajod

काठमाडौं। सगरमाथा जलविद्युत कम्पनी लिमिटेड (SMJC) ले हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न आयोगसँग अनुमति माग गरेको थियो।

आयोगले उक्त प्रस्ताव स्वीकृत गरेसँगै कम्पनीले अब नियामक प्रक्रिया अघि बढाउने भएको छ। कम्पनीले एक अर्ब १७ करोड ३२ लाख रुपैयाँबराबरको चुक्तापुँजीमा १ः१ अनुपातअनुसार हकप्रद शेयर जारी गर्ने तयारी गरेको हो।

अब आगामी चरणमा नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरेपछि कम्पनीले हकप्रद शेयर सर्वसाधारणका लागि जारी गर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया