Nepal Life

नेपाल बीमा प्राधिकरण र शेयर बजार लगानीकर्ता संघबीच भेटघाट, लगानीकर्ताको हितमा नियामकसँग सहकार्य गर्ने

NMB Bank
  • BFIS News
  • 2025 May 29 07:09
नेपाल बीमा प्राधिकरण र शेयर बजार लगानीकर्ता संघबीच भेटघाट, लगानीकर्ताको हितमा नियामकसँग सहकार्य गर्ने
United Ajod

काठमाडौं, जेठ १४। नेपाल शेयर बजार लगानीकर्ता संघ र नेपाल बीमा प्राधिकरणबीच आज एक औपचारिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। बीमा प्राधिकरणको कार्यालयमा आयोजित उक्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष शरद ओझासँग संघका पदाधिकारीहरूले भेटवार्ता गरेका थिए।

Shikhar
Nepal Life
NIMB

भेटका क्रममा संघका प्रतिनिधिहरूले एक औपचारिक पत्र प्रस्तुत गर्दै संघको उद्देश्य, लक्ष्य तथा लगानीकर्ताहरूको हकहित संरक्षण र प्रवर्द्धनमा आफूहरू प्रतिबद्ध रहेको स्पष्ट रूपमा व्यक्त गरे। संघले प्रस्तुत गरेको पत्रमा लगानी वातावरण सुदृढ पार्न नियामक निकायहरूसँग सहकार्यलाई प्राथमिकतामा राखिने उल्लेख गरिएको थियो।

उक्त अवसरमा लगानीकर्ताहरूको तर्फबाट विभिन्न समसामयिक विषयमा गहन छलफल भएको थियो। विशेषगरी, बीमा क्षेत्रको नियमनमा नेपाल बीमा प्राधिकरणको भूमिका, जिम्मेवारी र आगामी रणनीतिका विषयमा संवाद गरिएको थियो।

अध्यक्ष शरद ओझाले संघको उद्देश्य सकारात्मक रहेको भन्दै प्रस्तुत कार्ययोजनाको प्रशंसा गरे। साथै, उनले संघको गठन तथा सक्रियताप्रति खुसी व्यक्त गर्दै भविष्यमा सहकार्यका थप सम्भावनाहरूमा एकसाथ अघि बढ्न सकिने संकेत दिए। उनले संघलाई सफल कार्यकालका लागि शुभकामनासमेत प्रदान गरे।

भेटघाटमा नेपाल शेयर बजार लगानीकर्ता संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष किशोर पौडेल, महासचिव रविन कँडेल, सचिव भूबन ढकाल, सदस्य मीना भट्ट र सदस्य विवेक श्रेष्ठको सक्रिय सहभागिता रहेको थियो।

संघले लगानीकर्ताहरूको हकहित संरक्षण तथा प्रवर्द्धनका लागि नियामक निकायहरूसँग निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको स्पष्ट रूपमा पुनः दोहोर्याएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया