Nepal Life

नेपाली उद्योगलाई विदेशमा लगानी गर्न दिने सरकारको घोषणा

NMB Bank
  • BFIS News
  • 2025 May 29 16:18
नेपाली उद्योगलाई विदेशमा लगानी गर्न दिने सरकारको घोषणा
United Ajod

काठमाडौं, जेठ १५।  सरकारले नेपाली उद्योग तथा व्यवसायीलाई विदेशमा लगानी गर्न दिने व्यवस्था गर्ने घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न अनुमति दिइने जानकारी दिएका हुन्।

“नेपालबाट अर्धप्रशोधित वा विक्रीयोग्य सामग्री निर्यात गरी विदेशी भूमिमा प्रशोधन उद्योग स्थापना गर्न अनुमति दिइनेछ,” मन्त्री पौडेलले संसदमा बजेट प्रस्तुत गर्दै भने, “यसका लागि निर्यातबाट हुने आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिनेछ।”

उनका अनुसार विदेशमा गरिएको लगानीबाट आर्जन हुने नाफाको कम्तीमा ५० प्रतिशत नेपाल फर्काउनुपर्ने व्यवस्था हुनेछ। त्यस्ता लगानीलाई स्वीकृति दिने काम लगानी बोर्डले गर्नेछ।

हालसम्म नेपाली नागरिक तथा कम्पनीहरूलाई विदेशमा लगानी गर्न कानुनी रूपमा प्रतिबन्धित छ। यद्यपि, सरकारले हालै जारी अध्यादेशमार्फत सूचना प्रविधि (आईटी) कम्पनीहरूलाई विदेशमा लगानी गर्न दिने व्यवस्था गरेको छ। यो बजेट घोषणासँगै अन्य क्षेत्रका उद्योगलाई पनि विदेशमा लगानीको ढोका खुलेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया