Nepal Life

बिपीको विचारलाई मूर्ति झैँ पूजा गर्नु अन्याय होः महामन्त्री गगन थापा

NMB Bank
  • BFIS News
  • 2023 Sep 16 20:46
बिपीको विचारलाई मूर्ति झैँ पूजा गर्नु अन्याय होः महामन्त्री गगन थापा
United Ajod

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिपीको कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय भएको बताएका छन् । शनिबार बिपी कोइरालाको ‘जेल डायरी’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Shikhar
Nepal Life
NIMB

उनले बिपीलाई महामानव भन्दैगर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचार ओझेलमा परेको बताए । उनले महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु नहुने, बिपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय हुने उल्लेख गरे ।  

उनले बिपीले आफूलाई मानव झैँ व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गर्नुभएको उल्लेख गरे । उनले बिपीले भनेको निष्ठा छोडेर महामानव बनाउनु बिपी माथिको अन्याय भएको बताए । उनले यसको प्रायश्चितमा कांग्रेसले यस पटक केन्द्रीय कार्यालयमा बिपी महोत्सव आयोजना गरेर बुझाएको बताए ।  

उनले भने, ‘‘महामानव भन्दैगर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचार खोज्नुपर्छ। महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु नहुने, बिपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय हो। बिपी मान्छे हो, मान्छे भित्रका कुरा हामीले बुझ्नुपर्छ। बिपीले म मान्छे हुँ भनिरहनुभएको छ। मलाई मान्छे जसरी नै व्यवहार गर, बुझ भन्नुभएको छ। तर मेरो निष्ठालाई त्यसको अर्थमा बुझ भन्नुभएको ठाउँमा निष्ठा ठ्याक्कै छोडेर मान्छे होइन, मान्छे भन्दा माथिको मान्छे हो भनेर जुन हामीले गरिरहेका छौं, त्यो अन्याय हो। त्यो अन्याय गरेको कुराबाट हामीले बाहिर निकाल्नुपर्छ। यसको प्रयास यसपटक नेपाली कांग्रेसको प्राङ्गणमा बिपी महोत्त्सव भनेर छलफल गरेका छौँ।’ महामन्त्री थापाले सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री भए पनि नैतिक शक्ति र नेता छ की छैन भन्ने प्रश्न खडा भएको बताए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया