Nepal Life

जीवन बीमा कम्पनीले १० महिनामा २७ अर्बभन्दा बढी नयाँ बीमा व्यवसाय भित्र्याए, कुल तर्फ १५ प्रतिशतले बृद्धि

NMB Bank
  • BFIS News
  • 2025 Jun 03 05:25
जीवन बीमा कम्पनीले १० महिनामा २७ अर्बभन्दा बढी नयाँ बीमा व्यवसाय भित्र्याए, कुल तर्फ १५ प्रतिशतले बृद्धि
United Ajod

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो १० महिनामा २७ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क (नयाँ बीमा व्यवसाय) आर्जन गर्न सफल भएका छन्।

 

Shikhar
Nepal Life
NIMB

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सो अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा धेरै नयाँ बीमा व्यवसाय भित्र्याउने कम्पनी बन्न सफल भएको छ। कम्पनीले १० महिनामा ६ अर्ब ८३ करोड रुपैयाँको प्रथम बीमाशुल्क आर्जन गरेको छ।

त्यसपछि दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ, जसले सो अवधिमा ४ अर्ब ९ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय भित्र्याएको छ। तेस्रो स्थानमा रहेको एलआईसी नेपालले २ अर्ब १३ करोड रुपैयाँको नयाँ बीमा व्यवसाय आर्जन गरेको छ।

अन्य कम्पनीहरूमा सूर्यज्योति लाइफले २ अर्ब ५ करोड, हिमालयन लाइफले १ अर्ब ९२ करोड, सिटिजन लाइफले १ अर्ब ५४ करोड, एशियन लाइफले १ अर्ब ३९ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब ३३ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब १८ करोड, मेट लाइफले १ अर्ब ११ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ७ करोड, आइएमई लाइफले १ अर्ब ३ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ९२ करोड र सन नेपाल लाइफले ८० करोड ५३ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेका छन्।

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले १ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन्। गत वर्ष सोही अवधिमा १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए। यस अनुसार बीमा व्यवसायमा १४.८४ प्रतिशतले वृद्धि भएको छ।

कुल व्यवसायको आधारमा नेपाल लाइफ, नेशनल लाइफ र एलआईसी नेपाल अग्रस्थानमा छन्। उता, व्यवसाय वृद्धिदरको हिसाबले हेर्दा राष्ट्रिय जीवन बीमा कम्पनी, रिलायबल नेपाल लाइफ र सिटिजन लाइफ अगाडि छन्।

कुल बीमा व्यवसायमा पनि नेपाल लाइफ अग्रणी

बैशाख मसान्तसम्मको कुल बीमाशुल्क आर्जनमा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीले ३६ अर्ब ५९ करोड रुपैयाँको कुल बीमा व्यवसाय भित्र्याएको छ।

दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ, जसले १७ अर्ब २० करोड रुपैयाँको कुल बीमा व्यवसाय आर्जन गरेको छ। तेस्रो स्थानमा एलआईसी नेपाल रहेको छ, जसको कुल बीमा व्यवसाय १५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

अन्य कम्पनीहरूको कुल बीमाशुल्क आर्जन 

हिमालयन लाइफले १३ अर्ब ७९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ६७ करोड, सूर्यज्योति लाइफले ८ अर्ब ५३ करोड, एशियन लाइफले ७ अर्ब १४ करोड, सिटिजन लाइफले ५ अर्ब ६८ करोड, सानिमा रिलायन्स लाइफले ५ अर्ब ३३ करोड, मेट लाइफले ४ अर्ब ९८ करोड, आइएमई लाइफले ४ अर्ब १९ करोड, रिलायबल नेपाल लाइफले ४ अर्ब १४ करोड, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १० करोड र सन नेपाल लाइफले ३ अर्ब ४१ करोड बीमा शुल्क आर्जन गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया