Nepal Life

इम्बोस्ड नम्बर प्लेट जडान भएको सवारीको पहिचान गर्नै समस्या

NMB Bank
  • BFIS News
  • 2022 Jun 09 19:45
इम्बोस्ड नम्बर प्लेट जडान भएको सवारीको  पहिचान गर्नै समस्या
United Ajod

अहिले प्रचलन मै रहेको गाडि नम्बर मार्फत गाडि पहिचानगरिरहेका नागरिक लाइ  इम्बोस्ड नम्बर प्लेट जोडेका सवारि साधन पहिचान गर्न मुस्किल परेको छ । पहिले कोजस्तो प्लेट्को रङ हेरेर  पहिचान गरि रहेका नागरिक लेभाडाका सवारी र निजि सवारी छुट्टाउन अब अङग्रेजी अक्षरको पहिचान गर्नु पर्ने हुन्छ । 

अब अङग्रेजी  पढ्न नजान्ने ले सवारीको पहिचान गर्न कठिन बनेको छ निजिसवारी कार र भाडाको सवारी ट्यक्सि झट्ट हेर्दा एउटैदेखिन्छ जस्ले गर्दा ट्याक्सि चढ्ने यात्रीले कार रोक्नेसम्भावना रहनछ । 

 

Shikhar
Nepal Life
NIMB

के हो  इम्बोस्ड नम्वर प्लेट ?

इम्बोस्ड नम्बर प्लेट भनेको सवारी साधनको नियमन गर्ने प्रणाली हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सवारीको नियमन गर्ने प्रणाली नै इम्बोस्ड नम्बर प्लेट भएको विभागको भनाई छ ।

धातुको प्लेटमा यान्त्रिक माध्यममार्फत अक्षर र अंक राख्ने काम नै इम्बोस्ड नम्बर प्लेटको जडान हो । हाल देखिने नेपाली अक्षर र अंक अंकित प्लेट भन्दा इम्बोस्ड नम्बरको अंक र अक्षर प्लेटको सतहभन्दा केही माथि उठ्छ । 

कसरि पहिचन गर्ने ?

जस्मा नेपालको झण्डा  शुरुमा रहन्छ ।   NEP  ले नेपाल जनाउदछ ।   त्यसपछिको अल्फाबेट  A ले मोटरसाइकल , स्कुटर र मोपेड ।   B ले कार , जिप, डेलीभरी भ्यान, माइक्रोबस ।   C  ले टेम्पो, अटो  ,रिकसा ।   D  ले पावर टिलर ।   E ले  टयाक्टर  F ले मिनि बस, मिनि ट्रक, क्नटेनर  ।  G ले ट्रक, वस, लोरी ।   H ले डोजर ,रोड रोलर ।  क्रेन, फायार ब्रीगेड लोडर ।   J,K ले अन्य लाइ जनाउदछ । त्यस पछिको २ वटा अल्फावेटले सवारी साधनको लट  कोड जनाउदछ । त्यस पछि सवारी नम्वर  हुन्छ। त्यसको माथिपटि  प्रदेशको जानकारी रहन्छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया