Nepal Life

नेप्सेमा मंगलबार ३५ अंकको गिरावट, हाइड्रोपावर कम्पनीको उच्च कारोबार

NMB Bank
  • BFIS News
  • 2025 Jun 03 17:06
नेप्सेमा मंगलबार ३५ अंकको गिरावट, हाइड्रोपावर कम्पनीको उच्च कारोबार
United Ajod

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ३५.७३ अंकले घटेर २,६५९.५९ विन्दुमा आएर कारोबार बन्द भएको छ।

Shikhar
Nepal Life
NIMB

दिनको सुरुवात २,६९४ विन्दुबाट भएको थियो भने अन्तिममा सूचक १.३२ प्रतिशतले घटेको हो।

नेप्से सूचकमा गिरावट आएसँगै अधिकांश कम्पनीको सेयर मूल्यमा समेत गिरावट देखिएको छ। नेप्सेका अनुसार मंगलबार कारोबार भएका २५४ कम्पनीमध्ये २१४ कम्पनीको सेयर घटेको छ भने ३४ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ।

मंगलबार कूल ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सबैभन्दा बढी कारोबार हुने क्षेत्र हाइड्रोपावर क्षेत्र रह्यो। यस दिन सबैभन्दा बढी कारोबार भएका पाँच हाइड्रोपावर कम्पनीहरू निम्नानुसार छन्:

  1. राधी विद्युत कम्पनी लिमिटेड – रु ६० करोड १५ लाख

  2. युनिभर्सल पावर कम्पनी लिमिटेड – रु ४१ करोड १५ लाख

  3. न्यादी ग्रुप पावर लिमिटेड – रु ४० करोड ३० लाख

  4. बुटवल पावर कम्पनी लिमिटेड – रु २० करोड ७७ लाख

  5. अरुण काबेली पावर लिमिटेड – रु १९ करोड ९४ लाख

नेप्सेले दिएको जानकारीअनुसार, मंगलबार यी कम्पनीहरूको सेयर कारोबार सबैभन्दा बढी देखिएको हो। अधिकांश सूचक ऋणात्मक रहेकाले कुल कारोबारमा समेत गिरावट आएको विश्लेषण गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया