Nepal Life

नेपाल इन्स्योरेन्सको हकप्रद शेयर निष्काशनका लागि बुकक्लोज मिति जेठ ३० तय

NMB Bank
  • BFIS News
  • 2025 Jun 05 10:19
नेपाल इन्स्योरेन्सको हकप्रद शेयर निष्काशनका लागि बुकक्लोज मिति जेठ ३० तय
United Ajod

काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले हकप्रद शेयर निष्काशनका लागि बुकक्लोज मिति तोकेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले बुकक्लोज मिति जेठ ३० गतेका लागि निर्धारण गरेको जानकारी दिएको छ।

कम्पनीको अनुसार, जेठ २९ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका शेयरधनीहरूले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। त्यसपछि खरिद हुने शेयरले हकप्रदमा दाबी गर्न पाउने छैन।

नेपाल इन्स्योरेन्सले हालको चुक्ता पूँजीको अनुपातमा १० कित्ता साधारण शेयर बराबर ४ कित्ता अर्थात् ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद शेयर जारी गर्नेछ।

कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरमार्फत पूँजी आधार सुदृढ गर्दै आगामी व्यापार विस्तार तथा जोखिम व्यवस्थापनलाई सशक्त बनाउने उद्देश्य लिएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया