Nepal Life

नेपाल पुनर्बिमा कम्पनीले दोस्रो त्रैमासमा ५३ करोड २६ लाख नाफा कमायो, अन्य वित्तीय सूचकहरू पनि सुधार

NMB Bank
  • BFIS News
  • 2025 Jun 05 10:32
नेपाल पुनर्बिमा कम्पनीले दोस्रो त्रैमासमा ५३ करोड २६ लाख नाफा कमायो, अन्य वित्तीय सूचकहरू पनि सुधार
United Ajod

काठमाडौं। नेपाल पुनर्बिमा कम्पनी लिमिटेड (Nepal Reinsurance Company) ले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म ५३ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७.७१ प्रतिशतले बढी हो।

Shikhar
Nepal Life
NIMB

अघिल्लो वर्षको समान अवधिमा कम्पनीले ३३ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीले पुस मसान्तसम्म ४ अर्ब १६ लाख रुपैयाँ बराबरको खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यो संकलन ३ अर्ब ३ करोड रुपैयाँ थियो, जुन यो वर्ष उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ।

तर, लगानी तथा कर्जाबाट आर्जन हुने आम्दानी भने ८७ करोड ३६ लाख रुपैयाँबाट घटेर ६२ करोड ७४ लाख रुपैयाँमा झरेको छ। यद्यपि, अन्य आम्दानी भने ५ करोड ४४ लाख रुपैयाँबाट बढेर ३१ करोड १९ लाख रुपैयाँ पुगेको छ। यही आम्दानी वृद्धिले कुल नाफामा सकारात्मक असर पारेको कम्पनीको विवरणमा उल्लेख छ।

प्रमुख वित्तीय सूचकहरू:

  • चुक्ता पूँजी : १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ

  • रिटेन्ड अर्निङ (जम्मा नाफा) : ७६ करोड ४२ लाख रुपैयाँ

  • प्रति शेयर आम्दानी (EPS) : ३.९७ रुपैयाँ

  • प्रति शेयर नेटवर्थ : १४८.९६ रुपैयाँ

कम्पनीले दोस्रो त्रैमासको वित्तीय विवरण ढिला गरी सार्वजनिक गरे पनि प्राप्त तथ्याङ्कले सुधारको संकेत गरेको छ। बीमा शुल्क संकलन र अन्य आम्दानीमा भएको वृद्धिले कम्पनीको वित्तीय अवस्था सुदृढ भएको देखिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया