Nepal Life

नेपाल बीमा प्राधिकरणमा इजलाश संचालन

NMB Bank
  • BFIS News
  • 2025 Jun 05 13:59
नेपाल बीमा प्राधिकरणमा इजलाश संचालन
United Ajod

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आजदेखि इजलाश संचालनमा ल्याएको छ । 

Shikhar
Nepal Life
NIMB

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणमा दायर भएका बीमा सम्बन्धी उजूरीहरू शिघ्रताका साथ फछ्र्यौट गर्दै जाने प्रतिवद्धता जनाउनुभए अनुसार छुट्टै कक्ष स्थापना गरी इजलाश संचालनमा ल्याइएको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको अध्यक्षतामा प्राधिकरणका संचालक समितिका सदस्यहरू मान बहादुर अर्याल, सन्तोष रिजाल र राधा कुमारी पोखरेलको सहभागितामा आज नयाँ कक्षमा इजालाश बसेको छ ।

प्राधिकरणमा एक बीमितले बीमा कम्पनीबाट बीमा दाबी नपाएको भनी दिएको उजूरी माथि इजलाशमा पक्ष तथा विपक्षका कानून व्यवसायीहरूबाट बहस भएको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया