Nepal Life

नेप्सेमा संस्थागत सुधार र पारदर्शिताको नयाँ युग सुरु होस् भन्दै लगानीकर्ताले दिए सिइओ चपागाईलाई शुभकामना

NMB Bank
  • BFIS News
  • 2025 Jun 06 13:58
नेप्सेमा संस्थागत सुधार र पारदर्शिताको नयाँ युग सुरु होस् भन्दै लगानीकर्ताले दिए सिइओ चपागाईलाई शुभकामना
United Ajod

काठमाडौं, जेठ २३ गते। लगानीकर्ताहरुको तीन संघ संगठनले नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृतलाई संयुक्त रुपमा शुभकामना व्यक्त गरेका छन्।

Shikhar
Nepal Life
NIMB

शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल, पूँजी बजार लगानीकर्ता संघका महासचिव एस.पी. चौलागाई र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष डिल्लीश्वर कार्की (रोहन)ले नेपाल स्टक एक्सचेन्जको कार्यालयमै गएर सुझाव दिए हुन्।

लगानीकर्ता संघसंस्थाहरूले संयुक्त रुपमा शुभकामना सन्देश प्रदान गर्दै चापागाईंको पूँजीबजार तथा वित्तीय क्षेत्रमा रहेको दीर्घ अनुभव, स्पष्ट नीति दृष्टिकोण र दुरदर्शी नेतृत्व क्षमताले नेप्सेमात्र नभई समग्र नेपाली पूँजीबजार प्रणालीलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी, विश्वसनीय र पारदर्शी बनाउने दिशामा उल्लेखनीय प्रगति गर्ने विश्वास व्यक्त गरिएको छ।

चापागाईंको कार्यकालमा पारदर्शिता, प्राविधिक आधुनिकीकरण, संस्थागत सुशासन, र लगानीकर्तामैत्री वातावरणको प्रवर्द्धन हुने अपेक्षा गरिएको छ। साथै बजारमा दीर्घकालीन स्थायित्व कायम राखी लगानीकर्ताको विश्वास अभिवृद्धिमा ठोस परिणाम आउने आशा गरिएको छ। नीति स्पष्टता, प्रभावकारी नियमन तथा नवीनतम प्रविधिको कार्यान्वयनमार्फत पूँजीबजारमा गुणात्मक सुधार आउनेमा लगानीकर्ता संघसंस्थाहरू आशावादी छन्।

नेप्सेको पुनर्संरचना प्रक्रिया लामो समयदेखि विचाराधीन रहँदै आएको भए तापनि हालै भएका नीतिगत तथा कार्यगत निर्णयहरूले यसमा गति दिएको भन्दै सराहना गरिएको छ। निजी क्षेत्रको सहभागिता, पूँजी वृद्धिको योजना, र संस्थागत सुधारमार्फत नेप्सेलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने प्रयास भइरहेका बेला, यस प्रक्रियामा देखिएका विवाद तथा चुनौतीहरूलाई सम्बोधन गर्दै कार्यान्वयनमा सफलता मिलोस् भन्ने शुभेच्छा पनि व्यक्त गरिएको छ।

नेपालको पूँजीबजारले राष्ट्रको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको सन्दर्भमा, नेप्से मार्फत हुने कारोबारबाट सरकारले पूँजी लाभकर, लाभांश कर, व्यापार कर लगायत विभिन्न शीर्षकमा ठुलो राजस्व संकलन गर्दै आएको तथ्य स्मरण गराइएको छ। आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा मात्र करिब १६–१७ अर्ब रुपैयाँभन्दा बढी राजस्व पूँजीबजारबाट संकलन भएको उल्लेख गर्दै, यस क्षेत्रले राज्यको राजस्व वृद्धिसँगै आम नागरिकलाई लगानीको अवसर उपलब्ध गराएकोमा जोड दिइएको छ।

नेप्सेले शेयर, डिबेन्चर, म्युचुअल फण्डजस्ता वित्तीय साधनहरूको कारोबारको व्यवस्थापन गर्दै आएको छ। प्रविधिमा आधारित, पारदर्शी र सुरक्षित कारोबार प्रणालीमार्फत नेप्सेले लगानीकर्तालाई औपचारिक प्लेटफर्म प्रदान गर्नुका साथै सूचीबद्ध कम्पनीहरूको निगरानी, सूचनाको पारदर्शिता र बजार स्थायित्व कायम राख्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।

नव नियुक्त सीईओ चूडामणि चापागाईंको सफल नेतृत्वमा नेपाली पूँजीबजार थप सुदृढ, विश्वासिलो र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बन्ने विश्वास व्यक्त गर्दै, लगानीकर्ता संघसंस्थाहरूले सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया