Nepal Life

नर्थ समिट हाइड्रोले आइपिओ निष्काशन गर्ने, निष्काशन तथा बिक्री प्रवन्धकमा माछापुच्छ्रे क्यापिटल नियुक्त

NMB Bank
  • BFIS News
  • 2025 Jun 06 19:55
नर्थ समिट हाइड्रोले आइपिओ निष्काशन गर्ने, निष्काशन तथा बिक्री प्रवन्धकमा माछापुच्छ्रे क्यापिटल नियुक्त
United Ajod

काठमाडौं, २०८२ जेठ २३। माछापुच्छ्रे क्यापिटल लिमिटेड र नर्थ समिट हाइड्रो लिमिटेडबीच आज एक औपचारिक सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतामार्फत माछापुच्छ्रे क्यापिटल लिमिटेडले नर्थ समिट हाइड्रो लिमिटेडको प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि संस्थागत परामर्श सेवा तथा निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गर्नेछ।

Shikhar
Nepal Life
NIMB

नर्थ समिट हाइड्रो लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशत अर्थात् ३८ लाख ४० हजार कित्ता साधारण शेयर, प्रति कित्ता अंकित मूल्य रु. १०० को दरले, कुल रु. ३८ करोड ४० लाख बराबरको शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

सम्झौता पत्रमा माछापुच्छ्रे क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र नर्थ समिट हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका हुन्।

नर्थ समिट हाइड्रो लिमिटेडले लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका हुँदै बग्ने न्यादी र फिदी खोलाको पानीको सदुपयोग गर्दै २१.४ मेगावाट क्षमताको 'न्यादी फिदी जलविद्युत आयोजना' निर्माण गरिरहेको छ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापना भएको यस मर्चेन्ट बैंकर कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राप्त अनुमति अनुसार धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्यता, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ।

यस सम्झौता पश्चात् नर्थ समिट हाइड्रो लिमिटेडको आईपीओ प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया