Nepal Life

सान्भि इनर्जीको आइपीओ बाँडफाँट सम्पन्न, २ लाख ४१ हजारले पाए सेयर

NMB Bank
  • BFIS News
  • 2025 Jun 09 16:10
सान्भि इनर्जीको आइपीओ बाँडफाँट सम्पन्न, २ लाख ४१ हजारले पाए सेयर
United Ajod

काठमाडौं । सान्भि इनर्जी लिमिटेडको प्राथमिक सेयर (आइपीओ) बाँडफाँट सोमबार सम्पन्न भएको छ।

Shikhar
Nepal Life
NIMB

बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङका अनुसार गोलाप्रथामार्फत २ लाख ४१ हजार ५३० जनाले प्रताव्यक्ति १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

कम्पनीको आइपीओमा कुल २० लाख ४३ हजार २४९ जनाले आवेदन दिएका थिए। तीमध्ये २० लाख ३० हजार १५७ जनाको आवेदन मात्र वैध ठहरिएको छ।

सान्भिले जेठ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो।

आइपीओको नतिजा सान्भि इनर्जीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सञ्चालन गरेको https://iporesult.cdsc.com.np मा हेर्न सकिनेछ। साथै, मेरोसेयर एपमार्फत पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया