Nepal Life

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Jun 10 06:39
हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
United Ajod

काठमाडौँ, जेठ २७। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (HLI) को लाभांश सुरक्षित गर्ने आज मङ्गलबार (जेठ २७) अन्तिम दिन हो। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात् जेठ २८ गते एक दिनका लागि शेयर बुक बन्द (बुकक्लोज) गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

यसअनुसार आजसम्म नेप्सेमा शेयर खरिद गरिसकेका तथा नाममा कायम भएका शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले आगामी असार १० गते, मङ्गलबार काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा आठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान १०:३० बजे सुरु हुने कार्यक्रम छ।

सभाले हालको चुक्तापूँजीको ८ प्रतिशत दरले नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न, आवश्यक परे प्रस्तावित विषयहरूमा फेरबदल तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, नयाँ लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया