Nepal Life

सगरमाथा जलविद्युत कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासनको तयारी, बोर्डसँग अनुमति माग

NMB Bank
  • BFIS News
  • 2025 Jun 10 11:36
सगरमाथा  जलविद्युत कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासनको तयारी, बोर्डसँग अनुमति माग
United Ajod

काठमाडौं।  सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले १ करोड १७ लाख ३२ हजार कित्ता हकप्रद सेयर जारी गर्न अनुमति माग्दै बोर्डमा निवेदन दर्ता गराएको हो।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ रहेको छ। कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने योजना बनाएको छ। हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी दोब्बर भई २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ पुग्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया