Nepal Life

जोशी हाइड्रोपावरको ६५% हकप्रद सेयर बिक्रीका लागि असार ८ मा बुक क्लोज

NMB Bank
  • BFIS News
  • 2025 Jun 13 12:52
जोशी हाइड्रोपावरको ६५% हकप्रद सेयर बिक्रीका लागि असार ८ मा बुक क्लोज
United Ajod

काठमाडौं।  जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तोकेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले हकप्रद सेयर निष्कासनको प्रयोजनका लागि आगामी असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो।

यसअनुसार असार ७ गतेसम्म कायम रहने सेयरधनीहरूले मात्र हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर बिक्रीको अनुमति प्राप्त गरिसकेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा यो सेयर निष्कासन गरिनेछ, जसअनुसार कुल २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबरको पूँजी उठाउने तयारी गरिएको छ।

हाल जोशी हाइड्रोपावरको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पूँजी बढेर ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।

कम्पनीले सेयर पूँजी सुदृढ गर्दै आगामी जलविद्युत् परियोजनाहरूमा लगानी विस्तार गर्ने योजना बनाएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया