Nepal Life

सयपत्री हाइड्रोपावरको वार्षिक साधारण सभा असार २१ गते, हकप्रद सेयर सम्बन्धी प्रस्ताव पनि छलफलमा

NMB Bank
  • BFIS News
  • 2025 Jun 13 13:25
सयपत्री हाइड्रोपावरको वार्षिक साधारण सभा असार २१ गते, हकप्रद सेयर सम्बन्धी प्रस्ताव पनि छलफलमा
United Ajod

काठमाडौं। सयपत्री हाइड्रोपावर लिमिटेड (SPHL) ले आगामी असार २१ गते आफ्नो आठौं वार्षिक साधारण सभा (AGM) आह्वान गरेको छ।

Shikhar
Nepal Life
NIMB

सभा काठमाडौँको माइजुबहालस्थित ज्योति ब्याङ्क्वेट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. मा बिहान ८ बजे सुरु हुनेछ।

कम्पनीले साधारण सभामा छलफलका लागि निम्न एजेन्डाहरू तय गरेको छ:

१. कम्पनीको वार्षिक प्रतिवेदन अनुमोदन
२. आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षक प्रतिवेदन, नाफा–नोक्सान विवरण, वित्तीय विवरण र नगद प्रवाह प्रतिवेदन पारित गर्ने
३. आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण
४. अन्य विविध विषयहरू

यीमध्ये प्रमुख रूपमा १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि रहेको छ। यसले कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने लक्ष्य राखिएको छ।

साधारण सभाका लागि कम्पनीले असार ९ गते बुक क्लोज मिति तय गरेको छ। त्यसअघि कायम सेयरधनीहरू मात्र सभामा उपस्थित भई हकप्रद सेयर सम्बन्धी प्रस्तावमा मतदान गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया