Nepal Life

सञ्चय कोषले आयोजनाबारे बुझेर मात्र लगानी गर्नुपर्छ : अर्थमन्त्री महत

NMB Bank
  • BFIS News
  • 2023 Sep 18 08:32
सञ्चय कोषले आयोजनाबारे बुझेर मात्र लगानी गर्नुपर्छ : अर्थमन्त्री महत
United Ajod

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारी सञ्चय कोषले प्रतिफल दिने आयोजनाबारे बुझेर लगानी गर्नुपर्ने बताएका छन् । कर्मचारी सञ्चय कोषको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गदै उनले कोषले लगानी गर्दा सोचेर मात्र गर्नुपर्ने बताएका हुन् ।  

Shikhar
Nepal Life
NIMB

देश विकासमा कोषको महत्वपूर्ण भूमिका बताउनुहुँदै उहाँले अनुत्पादक क्षेत्रमा लगानी भए देशको अर्थतन्त्रलाई नै असर गर्ने उल्लेख गरे । 

अर्थमन्त्री डा. महतले भने, “कोषसँग कर्मचारीको सुरक्षित रकम हुन्छ। यो रकम अनुत्पादन क्षेत्रमा लगानी भयो भने जोखिम राज्यलाई र कर्मचारीलाई नै हुन्छ। त्यसैले उत्पादनशील क्षेत्रको पहिचान गररे ऋण लगानी गर्नुपर्छ।” 

कोषप्रति देश र कर्मचारीले ठूलो विश्वास गरेकाले कोषले यसको साख जोगाउनुपर्ने उनको भनाइ छ। फरक प्रशंगमा उनले अहिले देशको अर्थतन्त्रको अवस्था विस्तारै सुधार हुँदै गएको उनको तर्क छ। 

उनले भने, “अहिले पर्यटकको आगमन बढ्दो छ। विदेशी मुद्राको सञ्चिति राम्रो छ। देशको  अर्थतन्त्रको अवस्था पनि विस्तारै सुधार हुँदै गएको छ।”  अझै पनि राजश्व संकलनमा अपेक्षा गरेअनुसार नतिजा भने नआएको उनको भनाइ छ। 

के छन् कोषका सुविधा ?

आजभन्दा करिब ६२ वर्षअघि करिब ४० हजार सञ्चयकर्ताको करिब ३७ लाख सञ्चित कम जिम्मा लिएर कार्यारम्भ गरेको कोषले २०८० असार मसान्तसम्म करिब छ लाख सञ्चयकर्ता तथा योगदानकर्ताको करिब पाँच खर्ब १२ अर्ब निवृत्तभरण तथा सञ्चयकोष रकम संकलन तथा व्यवस्थापन गर्दै आएको छ।

सरकारी र सार्वजनिक क्षेत्रका कर्मचारीको सामाजिक सुरक्षा व्यवस्थापनका लागि निर्मित दुई मुल कानुन कर्मचारी सञ्चयकोष ऐन, २०१९ र निवृत्तभरण कोष ऐन, २०७५ को कार्यान्वयन गर्न कोष सफल भएको छ। 

२०४८ सालदेखि सामाजिक सुरक्षा सुविधा प्रदान गर्न प्रारम्भ गरेको कोषले आइतबार विभिन्न चार वटा महत्त्वपूर्ण योगदानरहित सामाजिक सुरक्षा सुविधाहरु सञ्चयकर्ताका लागि समर्पित गर्न सफल भएको छ। 

२०३० सालमा सञ्चयकर्तालाई सम्पत्तिको धितोमा बढीमा ४० हजारसम्म सापटी प्रदान गर्न सुरु गरेको कोषले अहिले विभिन्न छ वटा शीर्षकमा सापटी सुविधा प्रदान गर्दै आएको कोषका सहप्रशासक जीवनकुमार कट्वालले बताए ।  

कोषले प्रतिफलका रुपमा विगत ६२ वर्षमध्ये आठ वर्ष ३.५ प्रतिशत, १६ वर्ष ४.५ देखि सात प्रतिशत, १३ वर्ष सातदेखि नौ प्रतिशत, १२ वर्ष १० प्रतिशत र १३ वर्ष ११ प्रतिशतका दरले व्याज प्रदान गरेको उनको भनाइ छ। समग्रमा कोषले ६२ वर्षमा प्रदान गरेको औषत वित्तीय प्रतिफलको दर करिब ८.५ प्रतिशत भन्दामाथि रहेको छ। 

६२ वर्षमा कोषले सम्बधित कानुन निर्माण तथा संशोधन, दायरा विस्तार, सेवा सुविधाता योजनाको प्रारुप निर्माण र विविधिकरण, सेवाप्रवाहको सञ्जाल निर्माण तथा विस्तारमा ध्यान दिँदै आएको छ। सञ्चयकर्ताको बचत रकमको अधिकतम सुरक्षामा वृद्धि केन्द्रित गर्दै सेव प्रवाहमा अधुनिक प्रविधिको प्रयोग गर्दै आएको छ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया