Nepal Life

आइएमई लिमिटेड स्थापनाको २५औं वर्षमा, जनताको भरोसाबाट सफलताको यात्रा

NMB Bank
  • BFIS News
  • 2025 Jun 13 14:52
आइएमई लिमिटेड स्थापनाको २५औं वर्षमा, जनताको भरोसाबाट सफलताको यात्रा
United Ajod

काठमाडौं, जेठ ३० गते। वैदेशिक रोजगारमा गएका नेपालीहरूका पसिना र विश्वासको आधारमा स्थापित आइएमई लिमिटेड आज आफ्नो स्थापनाको २५औं वर्षमा प्रवेश गरेको छ। एक दशकभन्दा बढी समयदेखि नेपालीहरूको आर्थिक र सामाजिक जीवनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको यो संस्था अहिले लाखौं नेपालीको आत्मीय सम्बन्ध र भरोसाको केन्द्र बन्न सफल भएको छ।

Shikhar
Nepal Life
NIMB

संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले विशेष अवसरमा शुभकामना सन्देश दिँदै, आइएमई लिमिटेडको स्थापनादेखि सञ्चालनसम्मको यात्रामा साथ र सहयोग गर्ने सम्पूर्ण पक्षहरूप्रति आभार व्यक्त गरेका छन्। उनले नेपाल सरकार, नेपाल राष्ट्र बैंकसहितका सम्पूर्ण नियामक निकायप्रति हार्दिक धन्यवाद दिँदै, आवश्यक वातावरण निर्माणमा दिएको योगदानको उच्च मूल्यांकन गरेका छन्।

ढकालले थप भने, “हाम्रो यात्रामा निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने व्यावसायिक साझेदारहरू र सेवाग्राहीहरूप्रति विशेष कृतज्ञता व्यक्त गर्दछु। यो संस्थालाई आजको स्तरमा ल्याउन अहोरात्र खटिने समर्पित सहकर्मी साथीहरू सबैलाई पनि हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु।”

उनका अनुसार, आजको आइएमई नेपाली जनताको साथ, विश्वास र मायाबाट सम्भव भएको हो। उनले आगामी दिनहरूमा पनि यही साथ, भरोसा र सहकार्य पाइरहने अपेक्षा व्यक्त गर्दै सम्पूर्ण सहयोगीहरूप्रति पुनः धन्यवाद प्रकट गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया