Nepal Life

ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न, गोलाप्रथाबाट भाग्यमानी ३ लाख २९ हजार ६५० जनाले पाए शेयर

NMB Bank
  • BFIS News
  • 2025 Jun 15 11:16
ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न, गोलाप्रथाबाट भाग्यमानी ३ लाख २९ हजार ६५० जनाले पाए शेयर
United Ajod

काठमाडौं, असार १ गते। ‍ट्रेड टावर लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको आईपीओ बाँडफाँट काठमाडौंस्थित शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा गरिएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर निष्काशन गरेको थियो, जसको कुल रकम ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको थियो।

उक्त आईपीओमा कुल २० लाख ७४ हजार २८५ जनाले २ करोड ४१ लाख १७ हजार ४८० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये १४ हजार ८९७ आवेदन विभिन्न कारणले रद्द भएका छन् भने २० लाख ५९ हजार ३८८ आवेदन स्वीकृत भएका छन्।

मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँट गरिएको हो। गोलाप्रथाअनुसार ३ लाख २९ हजार ६५० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँटपछि बाँकी रहेको ५.१९ कित्तामध्ये ५ जनालाई १–१ कित्ता र एक जनालाई ०.१९ कित्ता वितरण गरिएको क्यापिटलले जनाएको छ।

यस बाँडफाँटपछि शेयर प्राप्त गर्न सफल आवेदकहरूलाई अब शेयर हितग्राही खातामा स्वचालित रूपमा जमा गरिनेछ भने असफल आवेदकहरूको रकम सम्बन्धित बैंक खातामा फिर्ता गरिनेछ। आइपिओ परे नपरेको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया