Nepal Life

बंगलादेशतर्फ विद्युत् निर्यात पुनः सुरु, पाँच महिनासम्म जारी रहने

NMB Bank
  • BFIS News
  • 2025 Jun 15 11:36
बंगलादेशतर्फ विद्युत् निर्यात पुनः सुरु, पाँच महिनासम्म जारी रहने
United Ajod

काठमाडौं, असार १, २०८२। नेपाल विद्युत प्राधिकरण (नेपा)ले आजदेखि भारतको प्रसारण लाइनमार्फत बंगलादेशमा पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। यो निर्यात आगामी पाँच महिनासम्म अर्थात् कात्तिक २९ गते (नोभेम्बर १५) सम्म जारी रहनेछ।

Shikhar
Nepal Life
NIMB

गत वर्ष साउन ३० गते (जुलाई १५, २०२४) मा पहिलोपटक १२ घन्टाका लागि बंगलादेशमा विद्युत् निर्यात गरिएको थियो। त्यसपछिको सम्झौताको निरन्तरतामा यस वर्ष पुनः निर्यात सुरु गरिएको हो।

नेपाल विद्युत प्राधिकरण, बंगलादेश विद्युत विकास बोर्ड (BPDB) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (NVVN) बीच त्रिपक्षीय सम्झौताका आधारमा यो निर्यात सम्भव भएको हो।

५ महिनामा १ अर्ब २९ करोड आम्दानी

नेपाका विद्युत् प्रणाली नियन्त्रण विभागका उपप्रबन्धक सुवर्ण सापकोटाका अनुसार, आगामी पाँच महिनाभित्र १४६.८८ मिलियन युनिट विद्युत् बंगलादेश निर्यात गरिनेछ। यसबाट नेपाल सरकारले करिब रु १ अर्ब २९ करोड आम्दानी गर्नेछ।

सम्झौताअनुसार प्रतियुनिट विद्युत् मूल्य ६.४० अमेरिकी सेन्ट तोकिएको छ। नेपालबाट ढल्केबर ४०० केभी सबस्टेसनमार्फत भारतको मुजफ्फरपुर हुँदै बंगलादेशको भेरमारा सबस्टेसनसम्म विद्युत् आपूर्ति हुने व्यवस्था मिलाइएको छ।


भारततर्फको निर्यात पनि बढ्दै

साथै, नेपाले छिमेकी भारततर्फको निर्यात पनि निरन्तर जारी राखेको छ। हाल भारतको हरियाणा राज्यमा २०० मेगावाट विद्युत् निर्यात भइरहेको छ। जुन असार १ गतेदेखि सुरु गरिएको थियो, र असार ३ गतेबाट १८५ मेगावाटबाट बढाएर २०० मेगावाट पुर्याइएको हो।

यो विद्युत् निर्यातको दर भारतीय रुपैयाँ ५.२५ प्रति युनिट तोकिएको छ।

यसका साथै, गएराति १२ बजेदेखि भारतको बिहार राज्यतर्फ ८० मेगावाट विद्युत् पनि निर्यात सुरु गरिएको छ। ढल्केबर–मुजफ्फरपुर ४०० केभी र १३२ केभी प्रसारण लाइनमार्फत थप विद्युत् किनबेच भारतीय बजारमा भइरहेको छ।


वर्षायाममा बढी उत्पादन, निर्यातमा बढोत्तरी

वर्षायाम सुरु भएसँगै नेपालमा जलविद्युत उत्पादनमा वृद्धि हुँदै गएको छ। यसै कारण, अतिरिक्त विद्युत् भारत र बंगलादेश निर्यात गर्ने नीति अन्तर्गत निर्यात बढाइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया