Nepal Life

मुक्तिनाथ कृषि कम्पनीद्वारा अत्याधुनिक पशु बधशाला संचालनामा ल्याउने

NMB Bank
  • BFIS News
  • 2023 Sep 18 14:27
मुक्तिनाथ कृषि कम्पनीद्वारा अत्याधुनिक पशु बधशाला संचालनामा ल्याउने
United Ajod

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनिले बुटवल उपमहानगरपालिका-१० रामनगरमा रहेको अत्याधुनिक पशु बधशाला संचालनमा ल्याउने भएको छ। कृषि कम्पनीको सहायक कम्पनी मुक्तिनाथ लाइभस्टक बैंक र बुटवल उपमहानगरपालिका बीच अत्याधुनिक बधशाला संचालनमा ल्याउने सन्दर्भमा सम्झौता भएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल तथा मुक्तिनाथ लाइभस्टक बैंकका संचालक रामशरण तिमल्सिना र बुटवल उपमहानगरपालिकाक प्रमुख खेलराज पाण्डेय, उप प्रमुख सावित्रा देवीअर्याल तथा प्रमुख कार्यकारी अधिकृत टेकराज पन्थीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

खसी बोकाको स्वस्थ्य जांच गरि स्वस्थ र गुणस्तरीय मासु उपभोक्ताहरु समक्ष्य पुर्याउने प्रमुख उदेश्य राखेर बनाइएको उक्त आधुनिक वधशाला मुक्तिनाथ लाइभस्टक बैंकले संचालन गर्नेछ, जहाँ दैनिक एक हजार खसीबोकाहरु वध गर्न मिल्नेछ।

कृषि तथा खसी बोका पालनमा युवाहरुको आकर्षण बढाउन, बजारको सुनिश्चितता र साना किसानको आम्दानी वृद्धि गर्न समेत उक्त वधशालाले योगदान गर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया